भाइको नवविवाहित दुलही जेठानी सँगै फरार, एकै परिवारमा दोहोरो बिचल्ली

10 महीना पहिले प्रकाशित

 

जनकपुर धाम

धनुषा — धनुषाको धनौजी गाउँपालिका–२ स्थित एकै परिवारका दुई महिलाहरू फरार भएपछि परिवारमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। अनिल कुमार साह र उनका कान्छा भाइ सुनिल कुमार साहकी श्रीमती सँगै फरार भएपछि परिवारमा बिचल्ली भएको हो।

 

अनिलकी श्रीमती जलिना खातुन (हाल सन्ध्या साह) र सुनिलकी नवविवाहिता पत्नी सोमबार राति घरबाट फरार भएको बताइएको छ। जलिनाको करिब ६ वर्षअघि प्रेम विवाह भएको थियो। उनले धनुषाको दुहबी महिनाथपुरकी मुस्लिम समुदायकी जलिना खातुनसँग विवाह गरेका थिए। हाल उनी सन्ध्या साहको नामले चिनिन्थिन्।

 

अनिल र जलिनाको एक डेढ वर्षीया छोरी सुचिता साहलाई घरमै छोडेर जलिना फरार भएकी छन्। अर्कोतर्फ, कान्छा भाई सुनिलको २२ दिनअघि मात्र भारतको मधुबनी, बिहारस्थित दुर्गास्थानमा विवाह भएको थियो। दुलही विवाहमा आएका आफन्त जान नपाउँदै घरबाट भागेकी हुन्। दुवै महिला जेठानी–देउरानी (दियादनी) भएको र एकआपसमा सल्लाहमै घर छाडेको आशंका गरिएको छ।

 

सीसीटीभी फुटेजअनुसार सोमबार राति करिब २:५८ बजे दुईवटा मोटरसाइकल लिएर उनीहरू फरार भएको देखिएको छ। यद्यपि फुटेजमा उनीहरूको अनुहार र मोटरसाइकलको नम्बर प्लेट प्रस्ट देखिएको छैन।

 

अनिलले प्रहरीमा उजुरी दिँदै आफूले जलिनासँग अन्तिम पटक 'इमो'मार्फत कसैसँग लगातार सम्पर्कमा रहेको देखिएको बताएका छन्। साथै उनले पत्नी जलिनामाथि ४५ हजार रुपैयाँ नगद र नयाँ गरगहना लिएर भागेको आरोप लगाएका छन्।

 

"हामी अहिले आत्तिएका छौं। बच्चा पनि सानो छ, दिदीबहिनी भएर पनि यस्तो गर्नुहुन्छ भन्ने सोचेकै थिएन," अनिलले बताए।

 

पीडित परिवारले घटना मानव बेचबिखन वा संगठित अपराधसँग जोडिएको हुन सक्ने भन्दै अनुसन्धानको माग गरेका छन्। पछिल्लो समय तराई-मधेश क्षेत्रमा यस्ता घटनाहरू बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  अर्जुन कुमार साह  जनकपुर धाम, चैत्र ६ गते  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदा..

  दीपक श्रेष्ठ मंडल  जनकपुरधाम, चैत्र ६ गते रेन (RAIN) को आयोजनामा जनकपुरधाममा जलवायु परिवर्तनसम्बन्धी एक महत्वप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, चैत्र ६ गते जनकपुरधाम–२४ स्थित श्री गोग्ल प्रसाद नमूना माध्यमिक विद्यालयमा आ..

  राष्ट्रिय आवाज  चैत्र ५ गते  आजमगढ — सन्त निरंकारी मिशनको आयोजनामा निरंकारी यूथ फोरमअन्तर्गत यूथ सिम्पो..

  राष्ट्रिय आवाज  जनकपुरधाम, चैत्र ५ गते धनुषाको यदुकहा बजारमा गरिएको आकस्मिक बजार अनुगमनले उपभोक्ता माथि हु..