बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी – जनकपुरमा प्रादेशिक छलफल कार्यक्रम सम्पन्न

7 महीना पहिले प्रकाशित

 

सुरेन्द्र रविदास, जनकपुरधाम, जेठ १

 

“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारासहित जनकपुरधाममा बाल अधिकार सुनिश्चितता सम्बन्धी प्रादेशिक छलफल कार्यक्रम सम्पन्न भएको छ।

 

बाल अधिकारको नीति, कार्यान्वयन र प्राथमिकता सम्बन्धी विषयमा केन्द्रित कार्यक्रममा सरोकारवालाबीच गहन छलफल भएको थियो। कार्यक्रममा बालबालिकाको हक–अधिकारलाई सुनिश्चित गर्न नीति तथा कार्यक्रममार्फत प्रभावकारी पहल आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

 

छलफलमा बाल अधिकारसँग सम्बन्धित नीतिगत सुझाव, क्रियान्वयनका चुनौती र प्राथमिकताका विषयमा विभिन्न दृष्टिकोण प्रस्तुत गरिएका थिए।

 

उक्त कार्यक्रम सेभ द चिल्ड्रेन र एकीकृत हातेमालो को सहकार्यमा राष्ट्रिय बाल अधिकार परिषद् द्वारा आयोजित गरिएको हो। कार्यक्रमको अध्यक्षता समाज कल्याण मन्त्रालय अन्तर्गत समाज कल्याण महाशाखाका प्रमुख निमार्ण मिश्रले गर्नुभएको थियो।

 

कार्यक्रममा गाउँपालिका समन्वय अधिकृत मनोज कुमार साहले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने राष्ट्रिय बाल अधिकार परिषद्का मधेश प्रदेश समन्वय अधिकृत संजीव महतोले सञ्चालन गर्नुभएको थियो।

 

बाल अधिकार प्रवर्द्धनका लागि नीति निर्मातादेखि स्थानीय तहसम्मको सहभागिता आवश्यक रहेकोमा सबै सहभागी एकमत देखिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..