ग्यास बिक्रेता संघ धनुषाको नव निर्वाचित कार्यसमिति पदस्थापन तथा शपथ ग्रहण सम्पन्न

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेठ ३ – “देशै भरिका ग्यास बिक्रेताहरुको सामूहिक एक्यबद्धता, आत्मनिर्भर र व्यवस्थित कारोबार हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ ग्यास बिक्रेता संघ धनुषाको नव निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदस्थापन समारोह शनिबार जनकपुरधाममा भव्यरूपमा सम्पन्न भएको छ।

 

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह प्रमुख अतिथिका रूपमा सहभागी थिए। प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै साहले ग्यास व्यवसाय नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण सेवा भएको बताउँदै यसलाई पारदर्शी, व्यवस्थित र उपभोक्तामैत्री बनाउन संघको नेतृत्वले अग्रसर हुनुपर्नेमा जोड दिए।

 

उनले थपे, “स्थानीय तह, व्यवसायी र उपभोक्ताबीचको समन्वय नै दीगो व्यवसायको आधार हो। संघले अबको दिनमा अनुशासित र सेवा–मुखी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।”

 

कार्यक्रम ग्यास बिक्रेता संघ धनुषाका अध्यक्ष फुल्देव पण्डितको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा संघका नव निर्वाचित पदाधिकारीहरूले शपथ लिँदै व्यवसायी हित, सरकारी नीतिसँग सहकार्य र उपभोक्ता अधिकारको सम्मान गर्ने प्रतिबद्धता जनाएका थिए।

 

समारोहमा ग्यास व्यवसायी, जनप्रतिनिधि, नागरिक समाजका अगुवा र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..