अम्बेडकर पार्क शिलान्यास स्थलमै निर्माण गर्न माग

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, ७ जेठ

 

चमार समुदायका विभिन्न संघ–संस्था तथा अगुवाहरूले सिरहाको लहानस्थित अम्बेडकर पार्कको शिलान्यास गरिएको स्थानमै सो पार्क निर्माण गर्न माग गरेका छन्।

 

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले सलहेस फुलबारी नजिकै १० धुर जग्गामा दलित नेता डा. भीमराव अम्बेडकरको नाममा स्थापना गर्न लागिएको पार्क शिलान्यास स्थलमै निर्माण गर्न आग्रह गरेका हुन्।

 

ज्ञापनपत्रमा जग्गा अपुग भए चमार समुदायका डा. काशीन्द्र महरा चमारले दुई कट्ठा जग्गा थप दिने घोषणा गरिएको छ।

 

"पासवान समुदायका केही नेताहरूको आपत्तिका कारण बहुसंख्यक दलितहरूको आवाज दबाउने छुट कसैलाई छैन," ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

 

पार्कमा डा. अम्बेडकरसँगै रविदास, दीनाभद्री (मुसहर समुदाय) र राजा सलहेसको प्रतिमा पनि राखिनुपर्ने उनीहरूको माग छ। प्रदेश सरकारले निर्माण नगरे व्यक्तिगत चन्दा संकलनमार्फत भए पनि पार्क बनाउने चेतावनीसमेत ज्ञापनपत्रमा दिइएको छ।

 

ज्ञापनपत्रमा दलित समुदायसँग सम्बन्धित थप आठवटा माग पनि समावेश छन्। ज्ञापनमा चमार कल्याण समाज नेपालका राष्ट्रिय अध्यक्ष दिनेश चमार लगायतका अगुवाहरूले हस्ताक्षर गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..