प्रदेश अर्थतन्त्र उकास्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री सिंह

2 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज

जनकपुरधाम, ७ जेठ

 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कृषि, उद्योग, पर्यटन र पूर्वाधारको समन्वित विकासमार्फत प्रदेशको अर्थतन्त्र मजबुत बनाउने सरकारको प्रतिबद्धता दोहोर्‍याएका छन्।

 

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश द्वारा जनकपुरधाममा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले कृषि विद्युतीकरण, सिँचाइ व्यवस्थापन, स्टार्टअप प्रवद्र्धन, राजस्व सुधार र कानुनी स्पष्टताको माध्यमबाट प्रदेशको समृद्धि सुनिश्चित गर्न सरकारले नीति तथा कार्यक्रम अघि बढाइरहेको बताए।

 

कृषिमा अनुदान र स्टार्टअप बजेट

 

मुख्यमन्त्री सिंहले कृषि क्षेत्रमा विद्युतीकरण तथा सिँचाइ प्रबन्धका लागि प्रदेश सरकारले बहुसंख्यक स्थानीय तहलाई अनुदान दिएको जानकारी दिए। स्टार्टअप कार्यक्रमका लागि विनियोजित बजेट परिचालनमा बैंकहरूको उदासीनताले समस्या आएको उल्लेख गर्दै उनले आगामी वर्ष वीरगन्जमा स्टार्टअप तथा इन्क्युबेसन सेन्टर स्थापनाका लागि बजेट छुट्याइने बताए।

 

राजस्व र कानुनी संरचना सुधारतर्फ संकेत

 

राजस्व संकलनको अधिकारमा प्रस्टता नहुँदा समस्या आएको भन्दै मुख्यमन्त्री सिंहले संघ सरकारसँग समन्वय गरी सो क्षेत्र सुधार्ने प्रतिबद्धता व्यक्त गरे। प्रदेश सरकारले आर्थिक नीतिमा पारदर्शिता, सुशासन र दीर्घकालीन दृष्टिकोण राखेर नीति निर्माण गरिरहेको उनले बताए।

 

क्यासिनो नियमन र सेतो अण्डा आयात प्रतिबन्ध

 

वीरगन्जका क्यासिनोहरूको गतिविधिले स्थानीय नागरिकलाई विस्थापित बनाएको आरोप लगाउँदै मुख्यमन्त्री सिंहले प्रदेश सरकारले सेतो अण्डाको आयात रोक्न सुरक्षानिकाय लाई निर्देशन दिएको र भारतीय सवारीसाधन आवागमन सहज बनाउन सहकार्य गरिने बताए।

 

"बिचल्ली बनाउने क्यासिनोहरूमा ताल्चा लगाए उद्योगी–व्यवसायीले गुनासो नगर्नू," मुख्यमन्त्री सिंहको भनाइ थियो।

 

निजी क्षेत्रको धारणा

 

महासंघका अध्यक्ष अशोक टेमानीले मधेश प्रदेशको भौगोलिक र आर्थिक सम्भाव्यता उच्च भए पनि बजेटको प्राथमिकता र कार्यान्वयनमा कमजोरी रहेकाले प्रदेश आर्थिक सूचकांकमा पछाडि परेको बताए।

 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले स्थिर आर्थिक नीति, आवश्यक कानुनी संरचना र प्रोजेक्ट बैंक तथा लगानी प्राधिकरणमार्फत निजी क्षेत्रलाई विश्वास दिलाउनुपर्नेमा जोड दिए।

 

कार्यक्रममा प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव, उद्योग तथा पर्यटनमन्त्री सकिल मियाँ, योजना आयोगका उपाध्यक्ष डा. सोहन साह, उद्योगी–व्यवसायी र विज्ञहरूको सहभागिता थियो।

 

समृद्धिको कार्यपत्र

 

अन्तक्र्रिया कार्यक्रममा आर्थिक अभियान दैनिकका ओमप्रसाद खनालले ‘मधेश समृद्धि शृंखला’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा प्रादेशिक अर्थतन्त्रको अवस्था, चुनौती र सम्भावनाहरू विश्लेषण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५गते    धार्मिक आस्था, ऐतिहासिक गौरव र सांस्कृतिक परम्पराको केन्द्रबिन्द..

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५ गते   भारत–नेपाल खुला सीमाबाट हुने सम्भावित सुरक्षा चुनौतीबारे गम्भीर ..

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५ गते    जनकपुरधाममा ससुरालाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा फरार ज्..

  राष्ट्रिय आवाज  जनकपुरधाम, असार २४ गते  धनुषा जिल्लास्थित होटल तथा पर्यटन व्यवसायी महासंघको नयाँ कार्यसम..

  राष्ट्रिय आवाज  जनकपुरधाम, असार २२ गते नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेपा..