कुष्ठरोग प्रभावित समुदायको आवश्यकता माथि लक्षित समूह छलफल

1 वर्ष पहिले प्रकाशित

मोनु गुप्ता, धनुषा

ज्येष्ठ ८ गते, धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–१, सिनुरजोडा स्थित स्वयं सहायता समूहको भवनमा कुष्ठरोग प्रभावित व्यक्तिहरूको आवश्यकता पहिचान गर्ने उद्देश्यले लक्षित समूह छलफल (FGD) सम्पन्न भएको छ।

 

कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष रामकरण दासले गरेका थिए भने प्रमुख अतिथिका रूपमा लालगढ स्वास्थ्य तथा विकास केन्द्रका प्रमुख रमेश चौधरी सहभागी थिए। छलफलमा रमेश चौधरीले समुदायस्तरमा कुष्ठरोगको अवस्था, उपचार, सामाजिक बहिष्कारका चुनौती र सशक्तीकरणका उपायहरूबारे व्यापक जानकारी गराएका थिए।

 

“कुष्ठरोगसँग लडिरहेका व्यक्तिहरूले अझै पनि स्वास्थ्य सेवा, सामाजिक सम्मान र रोजगारीमा समस्या भोगिरहेका छन्। उनीहरूको आत्मबल अभिवृद्धि गर्न र अधिकार सुनिश्चित गर्न संस्थागत पहल आवश्यक छ,” चौधरीले बताए।

 

कार्यक्रममा सहभागीहरूले आफ्ना अनुभवहरू साटासाट गरेका थिए। उनीहरूले औषधिको पहुँच, नियमित स्वास्थ्य परीक्षण, सामाजिक विभेद विरुद्धको जनचेतना, तथा जीवन निर्वाहका लागि सीपमूलक तालिमको आवश्यकता औंल्याएका थिए।

 

कार्यक्रममा स्वास्थ्यकर्मी, प्रभावित व्यक्तिहरू, स्थानीय अगुवा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। छलफलको निष्कर्षहरू भावी योजनाका लागि सन्दर्भका रूपमा उपयोग गरिने आयोजक संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..