शिक्षा सुधारमा संरचना भन्दा बढी गुणस्तर र कार्यान्वयन आवश्यक : मन्त्री तिवारी

5 महीना पहिले प्रकाशित

 

धिरेश दत्त/ राष्ट्रिय आवाज 

जनकपुरधाम, जेठ ७ गते 

मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले भौतिक पूर्वाधार निर्माणले मात्र शिक्षा क्षेत्रको गुणस्तरमा सुधार नआउने स्पष्ट पार्नुभएको छ। बुधबार जनकपुरधाममा आयोजित ‘प्रदेश स्तरीय कार्ययोजना तर्जुमा सम्बन्धी कार्यशाला’ मा बोल्दै उहाँले गुणस्तरीय शिक्षाका लागि संरचना मात्रै नभई शिक्षक दरबन्दी, स्रोत व्यवस्थापन र समयमै योजना कार्यान्वयन जरुरी रहेको धारणा राख्नुभयो।

 

“सबै मन्त्रालयको प्राथमिकता संरचना निर्माणमै सीमित हुँदा शिक्षाको गुणस्तर उकासिन सकेको छैन,” मन्त्री तिवारीले भनिन्, “समस्या योजनाको निर्माण होइन, समयमै कार्यान्वयनमा हो।”

 

उहाँले शिक्षा मन्त्रालयले १८ वटा कार्यविधि पारित गरिसकेको भए पनि बजेट खर्चमा ढिलाइ हुने, कार्यविधि निर्माणमै समय जाने, र भौतिक निर्माणतर्फ ८० प्रतिशत खर्च हुने तथ्यांक प्रस्तुत गर्दै शिक्षासम्बन्धी कार्यक्रमका लागि मात्र ५ प्रतिशत बजेट छुट्याइनु आपत्तिजनक रहेको बताउनुभयो।

 

मन्त्री तिवारीले प्रत्येक निर्वाचन क्षेत्र वा पालिकामा कम्तीमा एउटा नमुना विद्यालयको आवश्यकता औंल्याउँदै त्यसले शिक्षा सुधारमा ठोस प्रभाव पार्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

 

कार्यशालामा एनसिई मधेश प्रदेश संयोजक लक्ष्मेश्वर मण्डलको अध्यक्षता रहेको थियो। कार्यक्रममा स्थानीय तहका प्रमुख–उपप्रमुख, शिक्षक, र शिक्षा क्षेत्रमा सक्रिय सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यशालाबाट आगामी दिनमा कार्यान्वयन गर्न सकिने शिक्षा सुधारका कार्ययोजना तय गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..

  धिरेश दत्त  कात्तिक ७ गते, शुक्रबार जनकपुरधाम सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक २ गते   सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धिका उद्देश्यले ममत..

  राष्ट्रिय आवाज  जनकपुरधाम ,असोज २९ गते,बुधबार  मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी ..

  राष्ट्रिय आवाज असोज २९, जनकपुरधाम। मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त..