शिक्षा सुधारमा संरचना भन्दा बढी गुणस्तर र कार्यान्वयन आवश्यक : मन्त्री तिवारी

1 वर्ष पहिले प्रकाशित

 

धिरेश दत्त/ राष्ट्रिय आवाज 

जनकपुरधाम, जेठ ७ गते 

मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले भौतिक पूर्वाधार निर्माणले मात्र शिक्षा क्षेत्रको गुणस्तरमा सुधार नआउने स्पष्ट पार्नुभएको छ। बुधबार जनकपुरधाममा आयोजित ‘प्रदेश स्तरीय कार्ययोजना तर्जुमा सम्बन्धी कार्यशाला’ मा बोल्दै उहाँले गुणस्तरीय शिक्षाका लागि संरचना मात्रै नभई शिक्षक दरबन्दी, स्रोत व्यवस्थापन र समयमै योजना कार्यान्वयन जरुरी रहेको धारणा राख्नुभयो।

 

“सबै मन्त्रालयको प्राथमिकता संरचना निर्माणमै सीमित हुँदा शिक्षाको गुणस्तर उकासिन सकेको छैन,” मन्त्री तिवारीले भनिन्, “समस्या योजनाको निर्माण होइन, समयमै कार्यान्वयनमा हो।”

 

उहाँले शिक्षा मन्त्रालयले १८ वटा कार्यविधि पारित गरिसकेको भए पनि बजेट खर्चमा ढिलाइ हुने, कार्यविधि निर्माणमै समय जाने, र भौतिक निर्माणतर्फ ८० प्रतिशत खर्च हुने तथ्यांक प्रस्तुत गर्दै शिक्षासम्बन्धी कार्यक्रमका लागि मात्र ५ प्रतिशत बजेट छुट्याइनु आपत्तिजनक रहेको बताउनुभयो।

 

मन्त्री तिवारीले प्रत्येक निर्वाचन क्षेत्र वा पालिकामा कम्तीमा एउटा नमुना विद्यालयको आवश्यकता औंल्याउँदै त्यसले शिक्षा सुधारमा ठोस प्रभाव पार्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

 

कार्यशालामा एनसिई मधेश प्रदेश संयोजक लक्ष्मेश्वर मण्डलको अध्यक्षता रहेको थियो। कार्यक्रममा स्थानीय तहका प्रमुख–उपप्रमुख, शिक्षक, र शिक्षा क्षेत्रमा सक्रिय सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यशालाबाट आगामी दिनमा कार्यान्वयन गर्न सकिने शिक्षा सुधारका कार्ययोजना तय गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..