दुधमती नदी किनारमा वृक्षारोपण

7 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम — जेठ ८ गते 

 

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा जनकपुरधामको दुधमती नदी किनारमा वृक्षारोपण गरिएको छ। डिभिजन वन कार्यालय धनुषा र दुधमती नदी सरोकार समाजको संयुक्त आयोजनामा आज बिहीबार धार्मिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने नदी किनार क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।

 

कार्यक्रममा डिभिजन वन अधिकृत विनोद सिंह र वन अधिकृत सुरेश शर्माले जैविक विविधता संरक्षणको महत्त्वबारे धारणा राखेका थिए।

 

वृक्षारोपण कार्यक्रममा जनकपुर उपमहानगरपालिका–१७ का वडाध्यक्ष विमलेश मिश्र, दुधमती सरोकार समाजका पदाधिकारी र अभियानी, एकल श्रीहरि नेपालका अध्यक्ष बकमचन्द सरल, भारत–नेपालका सह–सञ्चालक खेमानन्द सापकोटा, होटल वेलकमका सञ्चालक विजय झुनझुनवला, वन अधिकृत अनिल साह, नागेश्वर यादवलगायतको उपस्थिति थियो।

 

कार्यक्रममा बोल्ने वक्ताहरुले दुधमती नदीको संरक्षण, सरसफाइ र हरियाली विस्तारका लागि स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..