परिक्रमा क्षेत्रमा मासु–मदिरा निषेधको माग

7 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम — जेठ ८

जनकपुरधाम उपमहानगरपालिका भित्रको परिक्रमा क्षेत्रमा मदिरा, मासु, माछा र अण्डाको बिक्रीवितरण रोक्न कडाइका साथ कार्यान्वयन गर्न माग गरिएको छ।

 

नागरिक समाज,अभियानी प्रफुल्लराज घिमिरेले नगर प्रमुख मनोज साहलाई बुझाएको औपचारिक ध्यानाकर्षणपत्रमा धार्मिक र ऐतिहासिक क्षेत्रको गरिमा कायम राख्न पुराना कानुनी व्यवस्था कार्यान्वयन गर्न आग्रह गरिएको छ।

 

ध्यानाकर्षणपत्रमा जनकपुरधामलाई महर्षि जनकको नगरी र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र भएको स्मरण गराउँदै वि.सं. १९३३ मा नै यो क्षेत्रलाई धार्मिक क्षेत्र घोषणा गरिएको र पछि मदिरा ऐन २०३१, नगरपालिका ऐन २०४८ लगायतका कानुनले मासु, मदिरा कारोबार निषेध गरेको उल्लेख छ।

 

वि.सं. २०६२ मा सर्वोच्च अदालतले पनि जनकपुरधामको धार्मिक गरिमा जोगाउन व्यवसायहरू लाई परिक्रमा क्षेत्र बाहिर सार्न आदेश दिएको थियो। तर पछिल्लो समय स्थानीय प्रशासनको कमजोर निगरानीका कारण प्रतिबन्धित वस्तुहरू खुलेआम बिक्री भइरहेको भन्दै घिमिरेले आपत्ति जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..