परिक्रमा क्षेत्रमा मासु–मदिरा निषेधको माग

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम — जेठ ८

जनकपुरधाम उपमहानगरपालिका भित्रको परिक्रमा क्षेत्रमा मदिरा, मासु, माछा र अण्डाको बिक्रीवितरण रोक्न कडाइका साथ कार्यान्वयन गर्न माग गरिएको छ।

 

नागरिक समाज,अभियानी प्रफुल्लराज घिमिरेले नगर प्रमुख मनोज साहलाई बुझाएको औपचारिक ध्यानाकर्षणपत्रमा धार्मिक र ऐतिहासिक क्षेत्रको गरिमा कायम राख्न पुराना कानुनी व्यवस्था कार्यान्वयन गर्न आग्रह गरिएको छ।

 

ध्यानाकर्षणपत्रमा जनकपुरधामलाई महर्षि जनकको नगरी र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र भएको स्मरण गराउँदै वि.सं. १९३३ मा नै यो क्षेत्रलाई धार्मिक क्षेत्र घोषणा गरिएको र पछि मदिरा ऐन २०३१, नगरपालिका ऐन २०४८ लगायतका कानुनले मासु, मदिरा कारोबार निषेध गरेको उल्लेख छ।

 

वि.सं. २०६२ मा सर्वोच्च अदालतले पनि जनकपुरधामको धार्मिक गरिमा जोगाउन व्यवसायहरू लाई परिक्रमा क्षेत्र बाहिर सार्न आदेश दिएको थियो। तर पछिल्लो समय स्थानीय प्रशासनको कमजोर निगरानीका कारण प्रतिबन्धित वस्तुहरू खुलेआम बिक्री भइरहेको भन्दै घिमिरेले आपत्ति जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..