जनमत अध्यक्ष र स्वतन्त्र राष्ट्रसेवक संगठन बीच ऐन संशोधन बारे छलफल

7 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

काठमाडौं — जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सि.के. राउत सँग स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालका केन्द्रीय अध्यक्ष सरण कुमार गुरुङ सहित संगठनका पदाधिकारीहरूले काठमाडौं बानेश्वरस्थित पार्टी कार्यालयमा भेटवार्ता गरेका छन्।

 

भेटवार्तामा मधेस प्रदेशमा कार्यरत विभिन्न तहका राष्ट्रसेवक कर्मचारीहरूले भोग्दै आएका समस्या र स्थानीय सेवाको गठन तथा सञ्चालनसम्बन्धी ऐन, २०८१ मा आवश्यक संशोधनका विषयमा विस्तृत छलफल गरिएको संगठनका केन्द्रिय सचिव तथा मधेस प्रदेशका महासचिव सुरेश कुमार रोहिताले जानकारी दिए।

 

उनका अनुसार ऐन संशोधन सँग सम्बन्धित विषयमा जनमत अध्यक्षसँग सकारात्मक तथा उपलब्धिमूलक संवाद भएको छ। संगठनले ऐनमा कर्मचारी हित र संरचनात्मक स्पष्टताका लागि आवश्यक संशोधनको माग गर्दै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..