जनमत अध्यक्ष र स्वतन्त्र राष्ट्रसेवक संगठन बीच ऐन संशोधन बारे छलफल

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

काठमाडौं — जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सि.के. राउत सँग स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालका केन्द्रीय अध्यक्ष सरण कुमार गुरुङ सहित संगठनका पदाधिकारीहरूले काठमाडौं बानेश्वरस्थित पार्टी कार्यालयमा भेटवार्ता गरेका छन्।

 

भेटवार्तामा मधेस प्रदेशमा कार्यरत विभिन्न तहका राष्ट्रसेवक कर्मचारीहरूले भोग्दै आएका समस्या र स्थानीय सेवाको गठन तथा सञ्चालनसम्बन्धी ऐन, २०८१ मा आवश्यक संशोधनका विषयमा विस्तृत छलफल गरिएको संगठनका केन्द्रिय सचिव तथा मधेस प्रदेशका महासचिव सुरेश कुमार रोहिताले जानकारी दिए।

 

उनका अनुसार ऐन संशोधन सँग सम्बन्धित विषयमा जनमत अध्यक्षसँग सकारात्मक तथा उपलब्धिमूलक संवाद भएको छ। संगठनले ऐनमा कर्मचारी हित र संरचनात्मक स्पष्टताका लागि आवश्यक संशोधनको माग गर्दै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..