जनकपुरधाममा विषादी प्रयोग भएको आँप खुल्ला रुपमा बिक्री, निकाय मौन

1 वर्ष पहिले प्रकाशित

ईन्द्र भुषण यादव, राष्ट्रिय आवाज

जनकपुरधाम, जेठ ९

 

जनकपुरधाममा कार्वाइड जस्ता विषादी प्रयोग गरेर पकाइएका आँप खुला बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ।

 

मधेश प्रदेशको राजधानी जनकपुरधाम सहित आसपासका सहरहरूमा असार दोस्रो सातापछि मात्र प्राकृतिक रूपमा पाक्ने आँप व्यापारीहरूले रसायन प्रयोग गरी समयभन्दा अघि नै बजारमा ल्याएका छन्। कार्वाइड प्रयोग गरेर पकाइएका यस्ता आँप भारतका विभिन्न गोदामहरू बाट ल्याइने र स्थानीय बजारमा खुला रूपमा बिक्री हुने गरेको स्थानीयवासीहरूले बताएका छन्।

 

चिकित्सकहरूका अनुसार यस्ता रसायनयुक्त आँपले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। यद्यपि, सम्बन्धित सरकारी निकायहरूले अनुगमन नगर्दा व्यापारीहरूले खुलेआम विषादी प्रयोग गरिएको आँप बिक्री गरिरहेका छन्।

 

"समयमै रोक नलगाउँदा अहिले प्रत्येक चोकचोकमा यस्ता आँप बिक्री भइरहेका छन्," एक स्थानीय उपभोक्ताले गुनासो गरे। उनले जनस्वास्थ्यको सुरक्षाका लागि यस्तो कार्यमा संलग्न व्यापारीहरूलाई कारबाही हुनुपर्ने माग गरे।

 

यथाशीघ्र निगरानी तथा कारबाही नहुँदा जनस्वास्थ्यमा दीर्घकालीन जोखिम पैदा हुन सक्ने विज्ञहरूको चेतावनी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..