जनकपुरधाममा विषादी प्रयोग भएको आँप खुल्ला रुपमा बिक्री, निकाय मौन

7 महीना पहिले प्रकाशित

ईन्द्र भुषण यादव, राष्ट्रिय आवाज

जनकपुरधाम, जेठ ९

 

जनकपुरधाममा कार्वाइड जस्ता विषादी प्रयोग गरेर पकाइएका आँप खुला बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ।

 

मधेश प्रदेशको राजधानी जनकपुरधाम सहित आसपासका सहरहरूमा असार दोस्रो सातापछि मात्र प्राकृतिक रूपमा पाक्ने आँप व्यापारीहरूले रसायन प्रयोग गरी समयभन्दा अघि नै बजारमा ल्याएका छन्। कार्वाइड प्रयोग गरेर पकाइएका यस्ता आँप भारतका विभिन्न गोदामहरू बाट ल्याइने र स्थानीय बजारमा खुला रूपमा बिक्री हुने गरेको स्थानीयवासीहरूले बताएका छन्।

 

चिकित्सकहरूका अनुसार यस्ता रसायनयुक्त आँपले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। यद्यपि, सम्बन्धित सरकारी निकायहरूले अनुगमन नगर्दा व्यापारीहरूले खुलेआम विषादी प्रयोग गरिएको आँप बिक्री गरिरहेका छन्।

 

"समयमै रोक नलगाउँदा अहिले प्रत्येक चोकचोकमा यस्ता आँप बिक्री भइरहेका छन्," एक स्थानीय उपभोक्ताले गुनासो गरे। उनले जनस्वास्थ्यको सुरक्षाका लागि यस्तो कार्यमा संलग्न व्यापारीहरूलाई कारबाही हुनुपर्ने माग गरे।

 

यथाशीघ्र निगरानी तथा कारबाही नहुँदा जनस्वास्थ्यमा दीर्घकालीन जोखिम पैदा हुन सक्ने विज्ञहरूको चेतावनी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..