अंशु यादव हत्या प्रकरणमा दोषीमाथि कारबाहीको माग गर्दै तेस्रोलिङ्गी समाजद्वारा चरणबद्ध आन्दोलनको घोषणा

7 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

 जनकपुरधाम, जेष्ठ १० गते

 

अंशु यादव हत्या काण्डका दोषीहरू लाई कडा कारबाहीको माग गर्दै तेस्रोलिङ्गी समुदायले चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।

 

समुदायका प्रतिनिधि तथा सुनौलो बिहानी समाजकी अध्यक्ष हिर सिंहका अनुसार, हत्या प्रकरणमा संलग्न व्यक्तिहरूलाई अहिलेसम्म कानुनी दायरामा ल्याउन सरकार असफल भएको छ। यसैले अब आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरिएको हो।

 

आन्दोलनको दोस्रो चरण अन्तर्गत आगामी जेष्ठ ११ गते (आईतबार) जनकपुरमा तेस्रोलिङ्गी समुदायद्वारा सशक्त प्रदर्शन तथा विरोध कार्यक्रम आयोजना गरिने घोषणा गरिएको छ।

 

अध्यक्ष सिंहले भनिन्, “न्याय नपाइएसम्म हामी चुप लाग्दैनौं। अंशु यादवप्रति भएको अन्यायको प्रतिकारका लागि तेस्रोलिङ्गी समाज अब सडकमा उत्रन्छ।”

 

उनीहरूले न्यायको पक्षमा सबै नागरिक, मानव अधिकारकर्मी तथा सरोकारवालाहरू लाई समर्थन जनाउन आह्वान गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..