तेली समाजलाई मतदाता मात्रै हैन, निर्णायक शक्तिको रुपमा अगाडि बढाउनु पर्छ — अध्यक्ष साह

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेष्ठ १० गते 

तेली कल्याण समाज नेपाल जनकपुरधाम नगर समितिको आयोजनामा वार्ड नं. ०८ स्थित स्वजातीय समुदायको सहभागितामा वडास्तरीय भेला सम्पन्न भएको छ। समसामयिक सामाजिक विषयहरूमा गहन छलफल गर्न आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि तथा समाजका अध्यक्ष राम बाबु साहले तेली समुदायलाई केवल करदाता वा मतदाताको रूपमा मात्र नभई निर्णायक शक्तिको रूपमा स्थापित गर्न आवश्यक रहेको बताए।

 

अध्यक्ष साहले भने, "राजनीतिक अधिकार बुझ्नुपर्छ, हाम्रो सामाजिक आवाजलाई सशक्त बनाउन एकता अपरिहार्य छ। हामी विभाजित भयौं भने हाम्रो पहिचान र अधिकार दुबै कमजोर बन्छ।" उनले सामाजिक परिवर्तनका लागि राजनीतिक चेतना अनिवार्य रहेको पनि उल्लेख गरे।

 

कार्यक्रम नगर समितिअन्तर्गत वडास्तरीय संयोजक सुनयना देवी साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न वक्ताहरूले सामाजिक एकता, सद्भाव, र सामूहिक उत्थानका विषयमा जोड दिए। उनीहरूले तेली समाजले शिक्षा, स्वास्थ्य, रोजगार र नेतृत्वमा सक्रियता बढाउनुपर्नेमा जोड दिएका थिए।

 

कार्यक्रमका आयोजक महेश साहले समाजभित्रको सहकार्य र समन्वय आवश्यक रहेको भन्दै आगामी दिनमा थप यस्ता कार्यक्रमहरू गरिने जानकारी दिए। कार्यक्रम सञ्चालन युवा व्यवसायी तथा अभियन्ता अम्बु प्रसाद साहले गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..