धनुषा धाममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा उद्घाटन

1 वर्ष पहिले प्रकाशित

धनुषा धाममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा उद्घाटन

 

सुरेन्द्र रविदास 

धनुषा, जेठ १० – राष्ट्रिय आवाज

 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।आज शनिबार आयोजित एक विशेष समारोहका बीच धनुषा धाम-३ स्थित शाखा कार्यालय (शाखा नं. १३६) को औपचारिक उद्घाटन गरिएको हो।

 

कार्यक्रमको प्रमुख अतिथिको रुपमा धनुषाधाम नगरपालिकाका नगरप्रमुख श्री बालेश्वर मण्डलले शाखाको उद्घाटन गरे। समारोहको अध्यक्षता दिलीप ढुङ्गानाले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख मण्डलले राष्ट्रकै पुरानो र विश्वासिलो बैंक राष्ट्रिय वाणिज्य बैंकले स्थानीय क्षेत्रमा शाखा विस्तार गर्नु सुखद पक्ष भएको बताए। उनले बैंकिङ पहुँच अझै बिस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै सर्वसाधारणले गुणस्तरीय सेवा पाउने अपेक्षा व्यक्त गरे।

 

शाखा प्रबन्धकले बैंकले ग्राहकको सुविधा र सहज पहुँचलाई ध्यानमा राख्दै सेवा विस्तार गर्दै आएको जानकारी दिए। उनले धनुषाधाम शाखाबाट सम्पूर्ण बैंकिङ सेवा सरल र प्रभावकारी ढंगले उपलब्ध गराइने बताए।

 

कार्यक्रममा स्थानीय समाजसेवी, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

नव सञ्चालनमा आएको शाखाले व्यक्तिगत तथा व्यावसायिक खाता, कर्जा, बचत, अनलाइन सेवा, मोबाईल बैंकिङ लगायतका सेवा प्रदान गर्नेछ।

 

राष्ट्रिय वाणिज्य बैंक हाल देशभर विभिन्न स्थानमा सेवा विस्तार गरिरहेको छ र ग्रामीण तथा अर्ध-शहरी क्षेत्रमा समेत आफ्नो पहुँच बढाउँदै लगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..