धनुषा धाममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा उद्घाटन

5 महीना पहिले प्रकाशित

धनुषा धाममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा उद्घाटन

 

सुरेन्द्र रविदास 

धनुषा, जेठ १० – राष्ट्रिय आवाज

 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।आज शनिबार आयोजित एक विशेष समारोहका बीच धनुषा धाम-३ स्थित शाखा कार्यालय (शाखा नं. १३६) को औपचारिक उद्घाटन गरिएको हो।

 

कार्यक्रमको प्रमुख अतिथिको रुपमा धनुषाधाम नगरपालिकाका नगरप्रमुख श्री बालेश्वर मण्डलले शाखाको उद्घाटन गरे। समारोहको अध्यक्षता दिलीप ढुङ्गानाले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख मण्डलले राष्ट्रकै पुरानो र विश्वासिलो बैंक राष्ट्रिय वाणिज्य बैंकले स्थानीय क्षेत्रमा शाखा विस्तार गर्नु सुखद पक्ष भएको बताए। उनले बैंकिङ पहुँच अझै बिस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै सर्वसाधारणले गुणस्तरीय सेवा पाउने अपेक्षा व्यक्त गरे।

 

शाखा प्रबन्धकले बैंकले ग्राहकको सुविधा र सहज पहुँचलाई ध्यानमा राख्दै सेवा विस्तार गर्दै आएको जानकारी दिए। उनले धनुषाधाम शाखाबाट सम्पूर्ण बैंकिङ सेवा सरल र प्रभावकारी ढंगले उपलब्ध गराइने बताए।

 

कार्यक्रममा स्थानीय समाजसेवी, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

नव सञ्चालनमा आएको शाखाले व्यक्तिगत तथा व्यावसायिक खाता, कर्जा, बचत, अनलाइन सेवा, मोबाईल बैंकिङ लगायतका सेवा प्रदान गर्नेछ।

 

राष्ट्रिय वाणिज्य बैंक हाल देशभर विभिन्न स्थानमा सेवा विस्तार गरिरहेको छ र ग्रामीण तथा अर्ध-शहरी क्षेत्रमा समेत आफ्नो पहुँच बढाउँदै लगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..

  धिरेश दत्त  कात्तिक ७ गते, शुक्रबार जनकपुरधाम सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक २ गते   सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धिका उद्देश्यले ममत..

  राष्ट्रिय आवाज  जनकपुरधाम ,असोज २९ गते,बुधबार  मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी ..

  राष्ट्रिय आवाज असोज २९, जनकपुरधाम। मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त..