मृतक आशु यादवको परिवारलाई समाजसेवी संस्था द्वारा आर्थिक सहयोग

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेठ ११ गते 

 

जनकपुरधाम–२३ निवासी आशु यादवको असामयिक निधनपछि संकटमा परेका परिवारलाई सहयोग गर्न श्री हरि मानव कल्याण मञ्च, जनकपुरधाम–२४ बसहियाले आर्थिक तथा मानवीय सहयोगको अपिल गरेको छ।

 

दुःखमा परेका लाई मानवता भावले संस्थाले रू २१,५०० पीडित परिवारलाई हस्तान्तरण गरेको छ। घरको एक मात्र छोराको हत्या पछि परिवारमा अहिले पनि शोकको माहुल रहेको अवस्थामा यादव परिवारलाई गहिरो आर्थिक भार परेको भन्दै संस्थाले थप सहयोगका लागि सबैमा आग्रह गरेको हो।

 

संस्थाका अध्यक्ष दीपक श्रेष्ठ मण्डलले सहयोग गर्न इच्छुक व्यक्ति, संघसंस्था तथा सामाजिक अभियन्ताहरू सँग अपिल गर्दै यस्तो कठिन समयमा सानो सहयोगले पनि ठूलो राहत मिल्ने बताए।

 

"मानवता र सहानुभूतिका भावनाबाट प्रेरित भई अघि बढेको हाम्रो सानो प्रयास पीडित परिवारका लागि राहत बन्न सकोस्," अध्यक्ष मण्डलले भने।संस्थाले यस्ता सामाजिक कार्य मार्फत समुदायमा सकारात्मक सोच र सहयोगको भावना फैलिने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..