बालविवाह अन्त्यका लागि साझा प्रतिबद्धता

1 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता, राष्ट्रिय आवाज 

जनकपुरधाम , जेठ १२ गते 

 

सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यसहित मधेश प्रदेशमा लागू गरिएको १० वर्षे रणनीतिक योजना कार्यान्वयनको समीक्षा र चुनौतीबारे छलफल गर्न जनकपुरधाममा सोमबार प्रदेशस्तरीय कार्यक्रम सम्पन्न भएको छ।

 

प्लान इन्टरनेशनल नेपालको ‘सशक्त बालिका (Girls Standing Strong–GSS)’ परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा धनुषाको साझेदार संस्था जानकी महिला जागरण समाज (JWAS) सहित अन्य स्थानीय साझेदार संस्थाहरूको सक्रिय सहभागिता थियो।

 

परियोजना हाल धनुषा जिल्लाको सबैला, शहीदनगर, विदेह, कमला र जनकनन्दिनी नगरपालिका क्षेत्रमा सञ्चालन भइरहेको छ। कार्यक्रममा सहभागीहरूले ‘बालविवाह अन्त्य रणनीति, २०७८’ को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल र सुझावहरू प्रस्तुत गरे।

 

कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवले सामाजिक कुरीति, अशिक्षा र दहेज प्रथाले बालविवाहलाई मलजल गरिरहेको भन्दै ती समाप्त नगरी समस्या समाधान सम्भव नरहेको बताए। “बालविवाह अन्त्य गर्न शिक्षा, चेतना र स्थानीय नेतृत्वको सक्रियता अपरिहार्य छ,” उनले भने।

 

कार्यक्रममा सहभागी सरोकारवालाहरूले आ–आफ्नो तहबाट बालविवाह अन्त्यका लागि सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए। "विवाह बारी २० वर्ष पारि" नारासहित हस्ताक्षर अभियान सञ्चालन गर्दै सामूहिक प्रतिबद्धता जनाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज जनकपुरधाम, असार ३० गते  खाद्य स्वच्छता प्रवर्द्धन तथा खाद्य पदार्थ जन्..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..