गणतन्त्र दिवसको पूर्व सन्ध्यामा मन्त्री द्वयको रक्तदान

1 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, जेष्ठ १४ गते 

गणतन्त्र दिवसको अवसरमा मधेस प्रदेश सरकारले जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा आज साँझ बुधबार विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ‘रक्तदान जीवनदान’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा प्रदेशका दुई मन्त्रीहरूले रक्तदान गरेर अभियानलाई उदाहरणीय बनाएका छन्।

 

गृह, सञ्चार तथा कानून मन्त्रालयको संयोजनमा सम्पन्न कार्यक्रममा गृहमन्त्री राजकुमार लेखी र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुघन प्रसाद सिंहले रक्तदान गरेका हुन्। उनीहरूका साथै मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद वराल सहित दर्जनौं कर्मचारी तथा पदाधिकारीहरूले पनि रक्तदानमा सहभागिता जनाएका थिए।

 

कार्यक्रममा सहभागी मन्त्री द्वयले रक्तदान लाई जीवन रक्षाको संवेदनशील कार्य भएको उल्लेख गर्दै समाजमा यस्ता सकारात्मक कार्यप्रति सबैको साथ आवश्यक रहेको बताए।

“हामी सबैले रक्तदान लाई नियमित जीवनशैलीको हिस्सा बनाउनु आवश्यक छ,” मन्त्री सिंहले भने।

 

गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णयअनुसार पहिलो दिन सरसफाइ कार्यक्रम गरिएको थियो। र साँझ रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

सरकारले भोलि अर्थात् तेस्रो दिन प्रदेशभरका प्रेस स्वतन्त्रता सेनानीहरू लाई नगदसहित कदरपत्र प्रदान गरी सम्मान गर्ने तयारी गरेको छ।

 

कार्यक्रमको समन्वय मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरधामले गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..