उन्नत पांगासियस प्रजनन प्रविधि सम्बन्धि मत्स्य अधिकृतहरूको तालिम जनकपुरधाममा सुरु

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, १५ जेठ। केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजुको आयोजना र खाध्य तथा कृषि संगठन FAO को प्राबिधिक सहयोगमा आज बिहीबार देखि जनकपुरधाममा "उन्नत पांगासियस प्रजनन तथा गुणस्तरीय भुरा उत्पादन प्रविधि" विषयमा सात दिने आवासीय व्यवहारिक तालिम सुरु भएको छ। तालिममा मुलुकका विभिन्न जिल्लाका २० जना मत्स्य अधिकृतहरूको सहभागिता रहेको छ।

 

कार्यक्रमको उद्घाटन केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रकी प्रमुख श्रीमती सरिता गौतमको अध्यक्षतामा सम्पन्न भयो। उनले नेपालको जल स्रोत तथा जलवायुको उपयुक्तताका कारण पांगासियस जस्ता माछाको वैज्ञानिक रूपमा प्रजनन तथा उत्पादनमा सफल हुने प्रचुर सम्भावना रहेको बताइन्। साथै, उनले उन्नत भुरा उत्पादनको माध्यमबाट देशमा मत्स्य व्यवसायलाई व्यवसायिक तथा आत्मनिर्भर बनाउने दिशामा तालिमले योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

 

तालिममा सहभागीहरू लाई पांगासियस जातको माछा प्रजनन, गुणस्तरीय भुरा उत्पादन, पालन प्रविधि, तथा व्यवसायिक स्तरमा उत्पादन वृद्धि गर्न सकिने उपायहरूका विषयमा व्यवहारिक अभ्यास गराइने आयोजकले जनाएका छन्।

 

खाद्य तथा कृषि संगठन (FAO) को सहयोगमा सञ्चालित यस तालिमले ‘Support to sustainable pangasius production and upgraded value chain-TCP/NEP/4004’ परियोजनालाई समेत सघाउने लक्ष्य लिएको छ। तालिम आगामी २१ गते सम्म सम्म सञ्चालन हुनेछ।

स्थानिय स्तरमा मत्स्य व्यवसाय विस्तार गर्न, किसानहरूलाई प्रविधिमैत्री बनाउने, तथा कृषि क्षेत्रको समृद्धिका लागि यस्ता तालिमहरू महत्वपूर्ण हुने सहभागी मत्स्य अधिकृतहरूले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..