धनुषाधाम उद्योग वाणिज्य संघ विघटन, तदर्थ समिति गठन

1 वर्ष पहिले प्रकाशित

 

धनुषाधाम , जेष्ठ १५ गते 

धनुषा जिल्लास्थित धनुषाधाम उद्योग वाणिज्य संघको कार्यसमिति विघटन गरिएको छ। बिहीबार धनुषाधाम नगरपालिका–३ मा अवस्थित हनुमान मन्दिरको सभाहलमा बसेको बैठकले वर्तमान कार्यसमिति विघटन गर्दै नयाँ नेतृत्व चयनको तयारीस्वरूप तदर्थ समिति गठन गरेको हो।

 

बैठकले मुकेश कुमार ठाकुर लाई तदर्थ समिति संयोजक चयन गरेको छ भने देवशरण कापर र दिनेश शर्मा सदस्यमा रहेका छन्। समितिलाई आगामी अधिवेशनसम्म संघको सम्पूर्ण प्रशासनिक र सांगठनिक जिम्मेवारी तोकिएको छ।

 

कार्यक्रमको अध्यक्षता तत्कालीन अध्यक्ष किशोरी ठाकुरले गरेका थिए। बैठकमा संघका पदाधिकारी, सल्लाहकार तथा स्थानीय व्यवसायीहरूको उल्लेखनीय उपस्थिति थियो।

 

बैठकमा सहभागीहरूले विगतको कार्यकालको समिक्षा गर्दै संघमा नयाँ ऊर्जा, पारदर्शिता र नेतृत्व हस्तान्तरणको आवश्यकता औंल्याएका थिए। सर्वसम्मत निर्णयअनुसार पुरानो कार्यसमिति तथा सल्लाहकार समूह विघटन गरिएको हो।

 

संघले तदर्थ समितिमार्फत चाँडै अधिवेशन सम्पन्न गरी व्यवसायिक हित संरक्षण, नीति निर्माणमा पहुँच र स्थानीय आर्थिक विकासमा सहजीकरण गर्ने उद्देश्य लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..