धनुषाधाम उद्योग वाणिज्य संघ विघटन, तदर्थ समिति गठन

7 महीना पहिले प्रकाशित

 

धनुषाधाम , जेष्ठ १५ गते 

धनुषा जिल्लास्थित धनुषाधाम उद्योग वाणिज्य संघको कार्यसमिति विघटन गरिएको छ। बिहीबार धनुषाधाम नगरपालिका–३ मा अवस्थित हनुमान मन्दिरको सभाहलमा बसेको बैठकले वर्तमान कार्यसमिति विघटन गर्दै नयाँ नेतृत्व चयनको तयारीस्वरूप तदर्थ समिति गठन गरेको हो।

 

बैठकले मुकेश कुमार ठाकुर लाई तदर्थ समिति संयोजक चयन गरेको छ भने देवशरण कापर र दिनेश शर्मा सदस्यमा रहेका छन्। समितिलाई आगामी अधिवेशनसम्म संघको सम्पूर्ण प्रशासनिक र सांगठनिक जिम्मेवारी तोकिएको छ।

 

कार्यक्रमको अध्यक्षता तत्कालीन अध्यक्ष किशोरी ठाकुरले गरेका थिए। बैठकमा संघका पदाधिकारी, सल्लाहकार तथा स्थानीय व्यवसायीहरूको उल्लेखनीय उपस्थिति थियो।

 

बैठकमा सहभागीहरूले विगतको कार्यकालको समिक्षा गर्दै संघमा नयाँ ऊर्जा, पारदर्शिता र नेतृत्व हस्तान्तरणको आवश्यकता औंल्याएका थिए। सर्वसम्मत निर्णयअनुसार पुरानो कार्यसमिति तथा सल्लाहकार समूह विघटन गरिएको हो।

 

संघले तदर्थ समितिमार्फत चाँडै अधिवेशन सम्पन्न गरी व्यवसायिक हित संरक्षण, नीति निर्माणमा पहुँच र स्थानीय आर्थिक विकासमा सहजीकरण गर्ने उद्देश्य लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..