गणतन्त्र दिवसमा गृहमन्त्री द्वारा असहाय लाई भोजन वितरण

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज

 जनकपुरधाम, जेष्ठ १६ गते 

 

गणतन्त्र दिवसको अवसरमा जनकपुरधाम स्थित मानव सेवा आश्रममा आयोजित भोजन वितरण कार्यक्रममा सहभागी हुँदै मधेश प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता राजकुमार लेखीले आफू मानव सेवा आश्रमको भावना संग गहिरो रूपमा जोडिएको बताएका छन्।

 

मधेश प्रदेश सरकारले १८ औं गणतन्त्र दिवसलाई तीन दिने उत्सवको रूपमा मनाउने निर्णयअनुसार गृह, सञ्चार तथा कानुन मन्त्रालयको समन्वयमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको हो। मधेश भवन र जानकी मन्दिर परिसरमा सरसफाइ, रक्तदान कार्यक्रम, प्रदेशभरका प्रेस स्वतन्त्रता सेनानीहरूलाई अभिनन्दनसहित सम्मान, र मानव सेवा आश्रममा भोजन वितरण जस्ता कार्यक्रम समावेश गरिएको थियो।

 

जनकपुरस्थित मानव सेवा आश्रममा खुला सडक, पेटी र सार्वजनिक स्थलहरूमा कष्टकर जीवन बिताइरहेका सहयोगा पेक्षी (अनाथ, अपाङ्ग, असहाय, अशक्त तथा मनोरोगी) व्यक्तिहरूलाई लक्षित गरी भोजन वितरण गरिएको हो।

 

कार्यक्रमका दौरान गृहमन्त्री लेखीले विद्यार्थी जीवनदेखि नै समाज परिवर्तन र सामाजिक रूपान्तरणका लागि विभिन्न अभियानको नेतृत्व गर्दै आएको उल्लेख गरे। सप्तकोशी नगरपालिका–५ मा रहेको आफ्नो पैत्रिक सम्पत्तिबाट दुई कट्ठा जग्गा मानव सेवा आश्रमको निर्माणका लागि दान दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, "मानव सेवा आश्रमको भावना सँग म व्यक्तिगत रूपमा जोडिएको छु।"

 

मन्त्री लेखीले आश्रमले गरिरहेको सेवामूलक कार्यको प्रशंसा गर्दै राज्यका तर्फबाट यस्ता संस्थालाई निरन्तर सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..