नेपाली रेल मर्मतमा लगिँदै, सञ्चालनमा भारतीय रेल

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेष्ठ १७ गते 

चार वर्षअघि सञ्चालनमा आएको नेपाली डेमु रेल अब मर्मतका लागि भारत पठाइने भएको छ । यसबीचमा भारतले विकल्पस्वरूप एक सेट रेल नेपाल पठाइसकेको छ ।

 

नेपाल रेल्वे कम्पनीका अनुसार दुबै सेट रेल आइतबार उत्तर प्रदेशको लखनउ स्थित रेल कार्यशालामा पिरियोडिकल ओभरहलिङ (पीओएच) का लागि लैजाने तयारी गरिएको छ । कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन झाले मर्मत अवधि भर भारतीय रेल नै सञ्चालनमा रहने जनाएका छन् ।

 

निमित्त प्रशासकीय अधिकृत तुला डाँगीका अनुसार, लखनउमा नेपाली रेलको चक्का, इन्जिन, बोगी, सिट लगायत सम्पूर्ण पाटपुर्जा मर्मत गरिनेछ । एसी बोगीका केही सिट च्यातिएको र अन्य संरचनामा समेत टुटफुट देखिएकाले पूर्ण मर्मतपछि मात्रै रेल पुनः सञ्चालनमा आउने जनाइएको छ ।

 

भारतले मर्मत अवधिभर नेपालमा सञ्चालनका लागि आईसीएफ मोडलको सकुरवस्ती रेल बिहीबार नै धनुषाको इनर्वा पठाइसकेको छ । डाँगीका अनुसार, उक्त रेल सिंगल इञ्जिनसहित ६ वटा जनरल बोगीयुक्त छ । यद्यपि, यसमा एसी बोगी भने छैन ।

 

आरम्भमा भारतले लखनउ सम्मको रुट प्रयोग शुल्क माग गरे पनि अन्ततः मर्मत, रेल सञ्चालन र रुट प्रयोगसम्बन्धी कुनै शुल्क नलिइने सहमति भएको कम्पनीले स्पष्ट पारेको छ ।

 

नेपालमा २०७७ सालदेखि भारतबाट खरिद गरिएको दुई सेट डेमु रेल जनकपुर–कुर्था खण्डमा सञ्चालन हुँदै आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..