सार्वजनिक सुनुवाइ र संसदीय निरीक्षण बारे सरोकारवालाको कार्यशाला सम्पन्न

1 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम धाम , जेष्ठ १९ गते— मधेश प्रदेशसभा सचिवालयको आयोजनामा र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा संसदीय निरीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यसूची निर्धारण सम्बन्धी सरोकारवालाहरूको एकदिने कार्यशाला गोष्ठी जनकपुरधाम स्थित जानकी स्टार होटलमा सम्पन्न भएको छ।

 

कार्यक्रमको अध्यक्षता पि. पि. सी. का कमलेश कुमार मण्डलले गर्नुभयो भने प्रमुख अतिथिको रूपमा मधेश प्रदेशसभा सभामुख माननीय रामचन्द्र मण्डल सहभागी सहभागी रहेका थिए।

 

सभामुख मण्डलले सार्वजनिक सुनुवाइ लाई समावेशी र जनमुखी शासन प्रणालीको आधारभूत पाटो भएको उल्लेख गर्दै भने, "प्रदेशसभाको कार्य प्रभावकारी र जनता मुखी हुनुपर्छ भने जनताको आवाज राज्यको नीति निर्माणमा समाहित हुन जरुरी छ। संसदीय निरीक्षण र सार्वजनिक सुनुवाइ जस्ता अभ्यासहरूले पारदर्शिता, जवाफदेहिता र सुशासनको जग मजबुत पार्दछ।"

 

उहाँले अझ थप जनप्रतिनिधि र नागरिक समाजबीचको संवाद बलियो बनाउन यस्ता कार्यक्रम नियमित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, उहाँले प्रदेशसभाले विकास आयोजनाहरूको कार्यान्वयनमा गम्भीर चासो लिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिवहरू, समितिका सभापति र सदस्यहरू, प्रदेश मामला समितिको सभापती माननीय रत्नेश्वर गौइत यादव ,महिला बालवालिका तथा समाजिक न्याय समिति को सभापती रुपा कुमारी यादव,ज.स.पा प्रमुख सचेतक माननिय राम आशिष यादव ,नेपाल पत्रकार महासघं जिल्ला अध्यक्ष पुरण गुप्ता ,NGO Fedrsiom राम चन्द्र साह ,Madhesh Fundetion नित्यनन्द मण्डल ,CFWA लक्ष्मेश्वर मण्डल ,CIC संजय साह ,पि.पि.सि project Co-ordinator सुरेन्द्र रविदास लगायतका सहभागिता रहेका थिए। 

सहभागीहरूले सार्वजनिक सुनुवाइ र संसदीय निरीक्षणको प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता तथा नीति निर्माण प्रक्रियामा नागरिकको सहभागिता सुनिश्चित गर्ने उपायहरू माथि समूहगत छलफल गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५गते    धार्मिक आस्था, ऐतिहासिक गौरव र सांस्कृतिक परम्पराको केन्द्रबिन्द..

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५ गते   भारत–नेपाल खुला सीमाबाट हुने सम्भावित सुरक्षा चुनौतीबारे गम्भीर ..

  राष्ट्रिय आवाज जनकपुरधाम, असार २५ गते    जनकपुरधाममा ससुरालाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा फरार ज्..

  राष्ट्रिय आवाज  जनकपुरधाम, असार २४ गते  धनुषा जिल्लास्थित होटल तथा पर्यटन व्यवसायी महासंघको नयाँ कार्यसम..

  राष्ट्रिय आवाज  जनकपुरधाम, असार २२ गते नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेपा..