धार्मिक नगरी जनकपुरधामको मुटुमा अव्यवस्थाको सन्त्रास शिक्षा मन्त्रालय अगाडिको क्षेत्र माछा–मासु, दारुका टहराले भरिएको, फोहोरमैला व्यवस्थापनमा राज्य मौन

5 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुर धाम, जेष्ठ १९ गते

 धार्मिक, सांस्कृतिक र ऐतिहासिक सहरको रूपमा परिचित जनकपुरधामको केन्द्र भागमै रहेको शिक्षा तथा सँस्कृति मन्त्रालय अगाडिको क्षेत्र यतिबेला चरम अव्यवस्थाको चपेटामा परेको छ। दिनहुँजसो अस्थायी टहरा ठड्याएर माछा, मासु र मदिरा बिक्री वितरण गर्ने क्रम बढ्दो छ। नगर परिक्रमा क्षेत्रभित्रकै यो दृश्यले सहरको गरिमा र आस्थालाई गम्भीर चोट पुर्‍याइरहेको छ।

 

शिक्षा मन्त्रालयको बाहिरी पर्खालमा सुन्दर मिथिला चित्रकलाले सहरको सांस्कृतिक वैभव देखाउने प्रयास गरे पनि त्यही क्षेत्रको अपोजिट भाग भने फोहोर, दुर्गन्ध र अव्यवस्थित टहराले ढाकिएको छ। स्थानीय प्रशासनको आँखै अगाडि यस्तो बेथिति भइरहँदा पनि सम्बन्धित निकाय मौन छ।

 

सहरको मुटुमा रहेको यस्तो खाली जग्गा वृक्षारोपण र सौन्दर्यकरण गरेर व्यवस्थित खुला स्थानको रूपमा विकास गर्न सकिने सम्भावना प्रशस्त छ। तर योजनाको अभाव, लापरवाही र कार्यान्वयनको कमजोर इच्छाशक्तिका कारण यो सम्भावना केवल कागजमै सीमित भएको देखिन्छ।

 

नगरको यति संवेदनशील क्षेत्रमै यदि यस्तो अवस्था छ भने शहरको अन्य भेगको अवस्था अनुमान गर्न कठिन छैन। धार्मिक महत्वका दृष्टिले समेत जनकपुरधाम नेपालको विशेष सम्पदा हो। त्यसैले यसको स्वच्छता, सौन्दर्य र व्यवस्थापनमा राज्यको विशेष ध्यान पुग्न जरुरी देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..

  धिरेश दत्त  कात्तिक ७ गते, शुक्रबार जनकपुरधाम सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक २ गते   सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धिका उद्देश्यले ममत..

  राष्ट्रिय आवाज  जनकपुरधाम ,असोज २९ गते,बुधबार  मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी ..

  राष्ट्रिय आवाज असोज २९, जनकपुरधाम। मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त..