जनकपुरका लभ कुमार अधिकारी मधेश खेलकुद परिषद्को सदस्यमा मनोनीत

7 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज 

जनकपुरधाम , जेष्ठ १९ गते

 जनकपुर धाम उपमहानगरपालिका–१ का लभ कुमार अधिकारीलाई मधेश प्रदेश खेलकुद परिषद्को सदस्यमा मनोनीत गरिएको छ। मधेश प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयले मन्त्रीस्तरीय निर्णय मार्फत उनलाई परिषद्को सदस्य नियुक्त गरेको हो।

 

मन्त्रालयले २०७८ सालमा पारित मधेश प्रदेश खेलकुद विकास ऐन अनुसार प्रदेशमा खेलकुदको समग्र विकास, योजना निर्माण तथा समन्वय गर्न प्रदेश खेलकुद परिषद् गठन गरेको हो। ऐनको दफा ३को उपदफा २ (क) बमोजिम मन्त्री स्तर बाट गरिएको निर्णयअनुसार अधिकारीलाई परिषद्को सदस्यमा नियुक्त गरिएको पत्रमा उल्लेख छ।

 

परिषद्ले प्रदेशका विभिन्न खेलकुद गतिविधिको प्रवर्द्धन, समन्वय तथा विकासमा सहकार्य गर्ने जिम्मेवारी पाउनेछ। नियुक्तिपछि अधिकारीले प्रदेशको खेल क्षेत्रको विकासमा आफ्नो सक्रिय भूमिका रहने प्रतिबद्धता जनाएका छन्।

 

मन्त्रालयले परिषद् गठनसँगै खेलकुद क्षेत्रको संस्थागत विकास र युवालाई खेल तर्फ आकर्षित गर्ने लक्ष्य राखेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..