जनकपुरका लभ कुमार अधिकारी मधेश खेलकुद परिषद्को सदस्यमा मनोनीत

1 वर्ष पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज 

जनकपुरधाम , जेष्ठ १९ गते

 जनकपुर धाम उपमहानगरपालिका–१ का लभ कुमार अधिकारीलाई मधेश प्रदेश खेलकुद परिषद्को सदस्यमा मनोनीत गरिएको छ। मधेश प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयले मन्त्रीस्तरीय निर्णय मार्फत उनलाई परिषद्को सदस्य नियुक्त गरेको हो।

 

मन्त्रालयले २०७८ सालमा पारित मधेश प्रदेश खेलकुद विकास ऐन अनुसार प्रदेशमा खेलकुदको समग्र विकास, योजना निर्माण तथा समन्वय गर्न प्रदेश खेलकुद परिषद् गठन गरेको हो। ऐनको दफा ३को उपदफा २ (क) बमोजिम मन्त्री स्तर बाट गरिएको निर्णयअनुसार अधिकारीलाई परिषद्को सदस्यमा नियुक्त गरिएको पत्रमा उल्लेख छ।

 

परिषद्ले प्रदेशका विभिन्न खेलकुद गतिविधिको प्रवर्द्धन, समन्वय तथा विकासमा सहकार्य गर्ने जिम्मेवारी पाउनेछ। नियुक्तिपछि अधिकारीले प्रदेशको खेल क्षेत्रको विकासमा आफ्नो सक्रिय भूमिका रहने प्रतिबद्धता जनाएका छन्।

 

मन्त्रालयले परिषद् गठनसँगै खेलकुद क्षेत्रको संस्थागत विकास र युवालाई खेल तर्फ आकर्षित गर्ने लक्ष्य राखेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..