औरही फेकना कुवामा फाटक निर्माणको शिलान्यास

6 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

औरही (धनुषा) जेठ २० गते— धनुषाको औरही गाउँपालिका–६ स्थित फेकना कुवामा फाटक निर्माणको शिलान्यास गरिएको छ। वडाध्यक्ष शंकरप्रसाद साहले एक कार्यक्रमबीच फाटकको शिलान्यास गरेका हुन्।

 

स्थानीय बासिन्दाको सहज आवागमन र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै निर्माण गरिन लागेको यो फाटकले गाउँको भौतिक पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

 

शिलान्यास कार्यक्रममा बोल्दै वडाध्यक्ष साहले साना-साना पूर्वाधारले पनि गाउँको समग्र विकासमा महत्वपूर्ण योगदान दिने बताए। “स्थानीयको सहभागितामा सेवा र पूर्वाधार विस्तारको काम अघि बढाइनेछ,” उनले भने।फाटक निर्माण सुरु भएपछि फेकना कुवा आसपासका बासिन्दाले खुसी व्यक्त गरेका छन्। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, मंसिर २७ गते   जनकपुरधाम प्रशोधित पानी उद्योग व्यवसायीक संघको वार्षिक साधारण स..

  राष्ट्रिय आवाज जनकपुरधाम, मंसिर २५ गते   जनकपुरधाममा सम्पन्न मानव अधिकार सम्बन्धी दुई दिने मंसिर २४र २५ गते ..