जनकपुरधाममा गाई/भैंसी पालन तालिम सम्पन्न

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुर धाम, जेष्ठ २६ गते , सोमबार 

 जनकपुरधाम उपमहानगरपालिका–४ स्थित पशुसेवा तालिम केन्द्रमा एक सातासम्म सञ्चालन भएको व्यावसायिक गाई/भैंसी पालन तालिम आज सोमबार सम्पन्न भएको छ।

 

पशुसेवा तालिम केन्द्र, जनकपुरधामको आयोजनामा सम्पन्न तालिममा स्थानीय क्षेत्रका ३० जना कृषक सहभागी थिए। तालिमको उद्घाटन देखि समापन सम्म केन्द्रका निमित्त प्रमुख जित नारायण भगतको नेतृत्वमा तालिम सञ्चालन भएको थियो।

 

आयोजकका अनुसार तालिमको मुख्य उद्देश्य कृषकहरूलाई आधुनिक पशुपालन पसम्बन्धी सीप, प्रविधि र व्यवहारिक ज्ञान प्रदान गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउनु हो। तालिम अवधिभर सहभागीहरूलाई गाई तथा भैंसी पालनमा प्रयोग हुने वैज्ञानिक तरिका, खोर व्यवस्थापन, पोषण तथा आहार व्यवस्थापन, रोग पहिचान र उपचार, दुग्ध उत्पादनका विधि तथा उत्पादनको बजारिकरण बारे प्राविधिक जानकारी दिइएको थियो।

 

तालिममा सहभागी कृषकहरूलाई दैनिक अभ्यास मूलक कक्षाहरूको माध्यमबाट सिकाइ गराइएको थियो। प्रशिक्षकहरूले पशुपालकहरूको स्थानीय अनुभवलाई प्रविधिसँग जोड्दै व्यवहारिक समाधान दिन प्रयास गरेका थिए।

 

तालिममा सहभागी धनुषाको एक कृषकले भने, "पहिले हामीले परम्परागत तरिकाले गाई पालन गर्दै आएका थियौँ। अहिले तालिमपछि पो थाहा भयो, सानो सुधारले पनि उत्पादन बढाउन सकिन्छ।"

 

केन्द्रका प्रमुख भगतले तालिमले कृषकको जीवनस्तर उकास्न सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। “पशुपालन अब केवल परम्परा होइन, व्यवसाय बन्ने बेला आएको छ,” उनले भने, “हामी यस्ता तालिमलाई गाउँगाउँसम्म विस्तार गर्न चाहन्छौँ।”

 

पछिल्ला वर्षहरूमा मधेश प्रदेशमा व्यावसायिक पशुपालन प्रति कृषकहरूको आकर्षण बढ्दै गएको देखिएको छ। सरकारी तथा गैरसरकारी निकायहरूद्वारा सञ्चालन हुने यस्ता तालिमले सीपमूलक रोजगारीलाई बढावा दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..