राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह सम्पन नेपाली विद्यार्थीको 'जेनेटिक पावर' सशक्त छ : प्रधानमन्त्री ओली

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुर, जेष्ठ २७ गते— प्रधानमन्त्री तथा राजर्षि जनक विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपाली विद्यार्थीको 'जेनेटिक पावर' बलियो भएको दाबी गर्नुभएको छ। उहाँका अनुसार नेपालका विद्वान पुर्खाहरूको ज्ञान, संस्कृति र दर्शनको निरन्तरता भएकाले नेपालीहरूमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमता छ।

 

विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल ज्ञानको भूमि हो। यहाँ शिव, विश्वामित्रजस्ता सभ्यताको साक्षी छन्। चरक ऋषि, भाष्कराचार्य जस्ता वैज्ञानिक विरासत हामी सँग छन्। पूर्वीय दर्शन अन्धविश्वास होइन, यो अनुभूति, अनुभव र ज्ञानको आधारमा बनेको सिद्धान्त हो।”

 

उहाँले पूर्वीय दर्शन र वैदिक ज्ञानलाई वैज्ञानिक ढंगले हेर्नुपर्नेमा जोड दिँदै पूर्वीय मूल्य र मानवताको भावना बोकेका विद्यार्थीहरू कमजोर हुन नसक्ने उल्लेख गर्नुभयो।

 

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई मेहनत, नम्रता र मानवीयताको मार्ग अँगाल्न प्रेरणा दिनुभयो। “पढाइले विनयशीलता, विनयशीलताले पात्रता, पात्रताले धन र धनले सुख ल्याउँछ,” उहाँको भनाइ थियो।

 

समारोहमा विभिन्न संकाय तथा तहका १२५ विद्यार्थीलाई उपाधि प्रदान गरिएको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले दीक्षान्त मन्तव्य प्रस्तुत गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..