जनकपुरमा साताव्यापी ट्राफिक जनचेतना सप्ताह सम्पन्न गृहमन्त्री लेखी द्वारा समापन, ट्राफिक नियम पालन र दुर्घटना न्यूनीकरणमा जोड

6 महीना पहिले प्रकाशित

माेनु गुप्ता,राष्ट्रिय आवाज 

जनकपुरधाम, जेष्ठ २९ गते 

 गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको सहकार्यमा सञ्चालित साताव्यापी ट्राफिक जनचेतना मूलक सप्ताह बिहीबार सम्पन्न भएको छ।

 

कार्यक्रमको समापन गृहमन्त्री राजकुमार लेखीले जनकपुरधाममा एक विशेष समारोहबीच गरेका हुन्।

“Safe Drive, Long Life” र “सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२” नारासहित जेठ २२ गतेदेखि सुरु भएको अभियान आज विधिवत रूपमा सम्पन्न भयो।

 

कार्यक्रम अन्तर्गत प्रभातफेरी, प्लेकार्ड प्रदर्शन, र जनचेतनामूलक सन्देशहरू मार्फत ट्राफिक नियमको प्रचार-प्रसार गरिएको थियो। सहभागीहरूले ट्राफिक अनुशासन र सडक सुरक्षासम्बन्धी सन्देश बोकेर प्रभातफेरीमा भाग लिएका थिए।

 

ट्राफिक प्रहरीले नागरिकलाई ट्राफिक नियम पालना गर्न र सवारी दुर्घटना न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

आजको कार्यक्रम धनुषाका ट्राफिक प्रमुख इन्स्पेक्टर सुर्य बहादुर शाहीले सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..