जनकपुरधाममा सोतोकान कराँते प्रतियोगिता हुँदै

1 वर्ष पहिले प्रकाशित

जनकपुरधाम , जेष्ठ २८ गते

जनकपुरधाममा यहि जेठ ३१ गतेदेखि १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप सुरु हुने भएको छ।

 

जनकपुरधाम उप–महानगरपालिका–८ को आयोजनामा हुने प्रतियोगिता धनुषा जिल्ला खेलकुद विकास समिति, कभर्ड हलमा सञ्चालन गरिनेछ। आयोजकका अनुसार प्रतियोगितामा विभिन्न जिल्ला बाट कराँते खेलाडीहरू को सहभागिता रहने जनाएका छन।

 

खेलकुद मार्फत युवालाई अनुशासन, स्वास्थ्य र राष्ट्रप्रेममा अभिप्रेरित गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।

 

* उद्घाटन र समापनमा विशिष्ट व्यक्तित्वको उपस्थिति

 

प्रतियोगिताको उद्घाटन समारोह जेठ ३१ गते, बिहान ११ बजे हुनेछ। उद्घाटन समारोहका प्रमुख अतिथि मधेश प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद गुप्ता रहनेछन्।

 

त्यस्तै, असार १ गते, दिउँसो १२ बजे हुने समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे हुने आयोजकले जनाएको छ।

 

प्रतियोगिता नेपाल सोतोकान कराँते संघ धनुषा, मधेश प्रदेश को सहकार्यमा आयोजना गरिएको हो।जनकपुरका लभ कुमार अधिकारी मधेश खेलकुद परिषद्को सदस्यले कराँते खेलका प्रशिक्षक, खेलाडी तथा खेलप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन आग्रह गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..