जनकपुरधाममा सोतोकान कराँते प्रतियोगिता हुँदै

8 महीना पहिले प्रकाशित

जनकपुरधाम , जेष्ठ २८ गते

जनकपुरधाममा यहि जेठ ३१ गतेदेखि १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप सुरु हुने भएको छ।

 

जनकपुरधाम उप–महानगरपालिका–८ को आयोजनामा हुने प्रतियोगिता धनुषा जिल्ला खेलकुद विकास समिति, कभर्ड हलमा सञ्चालन गरिनेछ। आयोजकका अनुसार प्रतियोगितामा विभिन्न जिल्ला बाट कराँते खेलाडीहरू को सहभागिता रहने जनाएका छन।

 

खेलकुद मार्फत युवालाई अनुशासन, स्वास्थ्य र राष्ट्रप्रेममा अभिप्रेरित गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।

 

* उद्घाटन र समापनमा विशिष्ट व्यक्तित्वको उपस्थिति

 

प्रतियोगिताको उद्घाटन समारोह जेठ ३१ गते, बिहान ११ बजे हुनेछ। उद्घाटन समारोहका प्रमुख अतिथि मधेश प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद गुप्ता रहनेछन्।

 

त्यस्तै, असार १ गते, दिउँसो १२ बजे हुने समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे हुने आयोजकले जनाएको छ।

 

प्रतियोगिता नेपाल सोतोकान कराँते संघ धनुषा, मधेश प्रदेश को सहकार्यमा आयोजना गरिएको हो।जनकपुरका लभ कुमार अधिकारी मधेश खेलकुद परिषद्को सदस्यले कराँते खेलका प्रशिक्षक, खेलाडी तथा खेलप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन आग्रह गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १४ गते    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच..

  राष्ट्रिय आवाज जनकपुरधाम, माघ १३ गते — शहिद नगर पालिका अन्तर्गत श्री ज. ए. मा. वि. यदुकहामा शैक्षिक सुधारका माग..

  ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १३ गते आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै..

  ईन्द्र भुषण यादव जनकपुरधाम, माघ ८ गते मधेश प्रदेशमा महिला हिंसा तथा अपराध जन्य घटनामा पीडितको पक्षबाट निःशुल..

    राष्ट्रिय आवाज जनकपुरधाम, माघ ७ गते धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले नेकपा (एमाले) का नेता म..