हजरा खातुनको गुहार : “बस्न छानाको खोजी छ, न्यायको अपेक्षा”

4 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेष्ठ ३० गते 

 

महोत्तरीको बलवा नगरपालिका–४ स्थायी घर भएकी हजरा खातुनले आफू र छोराको लागि सुरक्षित आश्रयको माग गर्दै न्यायको गुहार गरेकी छन्। हाल मनरा सिसवा नगरपालिका–६ मा अस्थायी रूपमा बसोबास गरिरहेकी २३ वर्षीया हजराले विगत चार वर्षदेखि शारीरिक, मानसिक र सामाजिक हिंसा भोग्नुपरेको आरोप लगाएकी छन्।

 

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “छोरासहित सुरक्षित बस्नका लागि एउटा घरको आवश्यकता छ।”

 

हजरा र अली हुसैन नदाफ बीच २०५५ साल जेठ २२ गते मुस्लिम धार्मिक र सामाजिक परम्पराअनुसार विवाह भएको थियो। केही वर्ष सामान्य चलेको दाम्पत्य सम्बन्ध पछि चिसिँदै गएको र सासु जिवछी खातुन तथा नन्द अरविना खातुन बाट दाइजोको नाममा निरन्तर मानसिक र शारीरिक हिंसा भएको दाबी उनले गरिन्।

 

“ दाइजोको नाममा सासुले बारम्बार कुटपिट र गालीगलौज गरिन्,” हजरा भन्छिन्।

 

चार वर्षअघि श्रीमान वैदेशिक रोजगारीमा गएका बेला, आफूलाई सासु र नन्दले मिलेर घरबाट निकालेर माइती फर्कन बाध्य पारेको उनले आरोप लगाइन्।

 

छोरा मोहम्मद शहजान सहित हजरा हाल माइती पक्षको सहारामा छन्। उनले न्यायका लागि स्थानीय तहदेखि प्रशासन सम्म धाउन थालेको चार वर्ष पुग्न लाग्यो।

 

“न मेरो गल्ती छ, न छोराको। हामी बस्न पाउने अधिकार खोज्दैछौं,” उनले भनिन्।सामाजिक र कानुनी रुपमा न्याय दिलाउन सम्बन्धित सरोकारवाला निकाय लाई विनम्र आग्रह गरेकी छिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..

  धिरेश दत्त  कात्तिक ७ गते, शुक्रबार जनकपुरधाम सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक २ गते   सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धिका उद्देश्यले ममत..

  राष्ट्रिय आवाज  जनकपुरधाम ,असोज २९ गते,बुधबार  मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी ..

  राष्ट्रिय आवाज असोज २९, जनकपुरधाम। मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त..