कपडा तथा रेडिमेड व्यवसायी संघ जनकपुरधामको प्रथम साधारण सभा सम्पन्न

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेष्ठ ३१ गते 

 जनकपुरधाम स्थित कपडा तथा रेडिमेड व्यवसायी संघको प्रथम साधारणसभा शनिबार व्यापार संघमा भव्य रूपमा सम्पन्न भएको छ। व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

 

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले सन्दीप साहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।

उपाध्यक्षमा सुनिल साह, सचिवमा बिट्टु चौधरी, सह–सचिवमा देव मोहन साह (दिपक), र कोषाध्यक्षमा प्रमोद कुमार दास चयन भएका छन्।

 

त्यस्तै, संघका कार्यसमिति सदस्यहरूमा संजिव साह (कुर्था), कामेश कुमार झा, राजीव कुमार साह, सन्तोष लाल दास, संजय कुमार साह, पशुपतिनाथ कापडी, राजेश लाल दास, जिवछ साह, र गोविन्द पण्डित चयन भएका छन्।

 

कार्यक्रममा बोल्दै नव-निर्वाचित अध्यक्ष सन्दीप साहले स्थानीय व्यवसायीहरूका समस्या सम्बोधन गर्दै हकहित संरक्षण तथा व्यवसायिक सञ्जाल विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

 

वक्ताहरूले संघको भूमिकालाई थप प्रभावकारी बनाउँदै व्यवस्थित व्यवसायिक वातावरण निर्माणमा योगदान पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए। सहभागी व्यापारीहरूले संघप्रति आस्था प्रकट गर्दै यसलाई सबै व्यवसायीहरूको साझा आवाजको रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।

 

संघको यो पहिलो साधारणसभा व्यापारीहरूबीच आपसी सहकार्य, एकता र सशक्त संस्थागत संरचना निर्माणका दृष्टिकोणले महत्वपूर्ण मानिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..