कपडा तथा रेडिमेड व्यवसायी संघ जनकपुरधामको प्रथम साधारण सभा सम्पन्न

4 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेष्ठ ३१ गते 

 जनकपुरधाम स्थित कपडा तथा रेडिमेड व्यवसायी संघको प्रथम साधारणसभा शनिबार व्यापार संघमा भव्य रूपमा सम्पन्न भएको छ। व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

 

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले सन्दीप साहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।

उपाध्यक्षमा सुनिल साह, सचिवमा बिट्टु चौधरी, सह–सचिवमा देव मोहन साह (दिपक), र कोषाध्यक्षमा प्रमोद कुमार दास चयन भएका छन्।

 

त्यस्तै, संघका कार्यसमिति सदस्यहरूमा संजिव साह (कुर्था), कामेश कुमार झा, राजीव कुमार साह, सन्तोष लाल दास, संजय कुमार साह, पशुपतिनाथ कापडी, राजेश लाल दास, जिवछ साह, र गोविन्द पण्डित चयन भएका छन्।

 

कार्यक्रममा बोल्दै नव-निर्वाचित अध्यक्ष सन्दीप साहले स्थानीय व्यवसायीहरूका समस्या सम्बोधन गर्दै हकहित संरक्षण तथा व्यवसायिक सञ्जाल विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

 

वक्ताहरूले संघको भूमिकालाई थप प्रभावकारी बनाउँदै व्यवस्थित व्यवसायिक वातावरण निर्माणमा योगदान पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए। सहभागी व्यापारीहरूले संघप्रति आस्था प्रकट गर्दै यसलाई सबै व्यवसायीहरूको साझा आवाजको रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।

 

संघको यो पहिलो साधारणसभा व्यापारीहरूबीच आपसी सहकार्य, एकता र सशक्त संस्थागत संरचना निर्माणका दृष्टिकोणले महत्वपूर्ण मानिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..

  धिरेश दत्त  कात्तिक ७ गते, शुक्रबार जनकपुरधाम सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक २ गते   सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धिका उद्देश्यले ममत..

  राष्ट्रिय आवाज  जनकपुरधाम ,असोज २९ गते,बुधबार  मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी ..

  राष्ट्रिय आवाज असोज २९, जनकपुरधाम। मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त..