जनकपुर धाममा राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता सुरु

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेष्ठ ३१ गते 

जनकपुरधाममा १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप सुरु भएको छ। जनकपुरधाम उप–महानगरपालिका–८ को आयोजना र नेपाल सोतोकान कराँते संघ, धनुषाको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो।

 

धनुषा जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा सुरु भएको प्रतियोगितामा सातवटै प्रदेश र आयोजक टिम सहित आठ टोलीको सहभागिता छ। प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

 

उद्घाटन कार्यक्रममा मधेश प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी थिए।

गुप्ताले खेलकुदले युवामा अनुशासन, स्वास्थ्य र राष्ट्रप्रेमको भावना विकास गर्न मद्दत गर्ने बताए।

वडाध्यक्ष दिनेश कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद् सदस्य तथा प्रशिक्षक लभ कुमार अधिकारीले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा सांसद रमिता प्रधान, उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र लाल ढकाल, कराँते प्रशिक्षक श्याम शेर्पा, प्रहरी उपनिरीक्षक नरहरी रेग्मी लगायतको उपस्थिति थियो।

 

असार १ गते प्रतियोगिता समापनका अवसरमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे प्रमुख अतिथि हुनेछन्। विजयी खेलाडी तथा टोलीलाई पुरस्कार वितरण गरिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..