समाज रूपान्तरणमा कलाकारको भूमिका महत्वपूर्ण : गृहमन्त्री लेखी

6 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

 जनकपुरधाम, असार १ गते 

 

मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीले समाज रूपान्तरणमा कलाकारहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

 

जनकपुरधाम स्थित मसाला होटलमा गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डद्वारा आयोजित “संस्थागत विकाससम्बन्धी संवाद कार्यक्रम”लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री लेखीले कलाकारहरूले समाजमा सकारात्मक सोच निर्माणमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए।

 

“लोकसंस्कृति र कला लोप हुँदै गएका बेला कलाकारहरूले प्रस्तुत गरेका रचनात्मक कार्यक्रमहरूले मेरो सोचमा समेत सकारात्मक परिवर्तन ल्याएको छ,” मन्त्री लेखीले भने, “राजनीतिककर्मी, सञ्चारकर्मी र विद्यार्थी जस्तै कलाकारको भूमिका समेत समाज रूपान्तरणमा उत्तिकै प्रभावकारी हुन्छ।”

 

गृहमन्त्री लेखीले मन्त्रालय सँग सीमित स्रोत र साधन रहेको स्वीकार गर्दै, संस्थाको कार्यसम्पादनको आधारमा आवश्यक स्रोतको व्यवस्था गर्न प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रम बोर्डका अध्यक्ष किशोर कुमार लेखीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न कलाकार, सञ्चारकर्मी, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..