बाल स्वास्थ्यमा नयाँ अध्याय: औरही गाउँपालिकाले गर्‍यो खोप सुनिश्चितताको घोषणा

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

धनुषा, असार ३ गते

धनुषा जिल्लाको औरही गाउँ पालिकाले बालस्वास्थ्य सुरक्षा तर्फ ऐतिहासिक कदम चालेको छ। १६ देखि ५९ महिना उमेर समूहका १६१८ जना बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको पुष्टि भएपछि गाउँ पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो।

 

गाउँ पालिकाको सभा हलमा आयोजित घोषणा समारोह गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साहको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा उपाध्यक्ष पुनम साह, स्वास्थ्य शाखा प्रमुख उमेश यादव, खोप फोकल पर्सन राम बिनेही यादव, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार यादव, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, स्वास्थ्य संस्था प्रमुख, खोप कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका प्रतिनिधि तथा सञ्चारकर्मीहरू सहभागी थिए।

 

कार्यक्रममा बोल्दै अध्यक्ष साहले, “पूर्ण खोप सुनिश्चितता केवल एक लक्ष्य मात्र होइन, यो हाम्रा बालबालिकाको स्वस्थ भविष्यको जग हो,” भन्दै खोप कार्यक्रममा खटिने सबै स्वास्थ्यकर्मी र स्वयम्सेविकाहरूको योगदानको उच्च प्रशंसा गरे।

 

स्वास्थ्य शाखा प्रमुख फेकन यादवले खोप सुनिश्चितताको पछाडि रहेको तथ्यांक, चुनौती र उपलब्धिहरूको विवरण प्रस्तुत गर्दै भने, “स्थानीय स्वामित्व र सहभागिताले यस्तो उपलब्धि सम्भव भएको हो। अबको चुनौती दिगोपनाको निरन्तरता हो।”

 

घोषणासँगै, औरही गाउँपालिका मधेश प्रदेशकै पूर्ण खोप सुनिश्चितता हासिल गर्ने अग्रणी पालिका मध्ये एक बनेको छ। स्थानीय सरकारको नेतृत्व, स्वास्थ्यकर्मीहरूको समर्पण र समुदायको सक्रिय सहभागिताले यो उपलब्धि सम्भव भएको हो।

 

खोपको पहुँच सबैसम्म पुर्‍याउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता गर्दै, गाउँ पालिकाले अब प्रत्येक वर्ष खोप दिगोपनाको अनुगमन गर्ने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि, शारीरिक तथा मा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३ गते मधेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रिय कुस्ती प्रतियोगिता २०८३ मं..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ३ गते    शिक्षा क्षेत्रमा सुधार, पारदर्शिता तथा जवाफदेहिता अभिवृद्धि गर..

  रेविता कुमारी  शहीदनगर ,असार ३ गते    शहीदनगर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने उद्देश्यल..