मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ, बर्दिबास केन्द्र बनाई संचालन, मास्टर की सहित चार मोटरसाइकल बरामद

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

महोत्तरी — असार ३ गते 

महोत्तरीको बर्दिबास बजार क्षेत्रमा विगत केही महिनादेखि बढ्दै गएका मोटरसाइकल चोरीका शृंखलाबद्ध घटनामा संलग्न एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

 

इलाका प्रहरी कार्यालय बर्दिबासले विशेष अपरेसनमार्फत गिरोहका मुख्य योजनाकारसहित चार जनालाई पक्राउ गरेको हो। उनीहरूका साथबाट चोरी गरिएका चार थान मोटरसाइकल र चोरीमा प्रयोग हुने विशेष उपकरण ‘मास्टर की’ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

 

बर्दिबास तथा आसपासका क्षेत्रमा अस्पतालको पार्किङ क्षेत्र, र प्रहरी अधिकृतको घरअगाडिसम्म बाट मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले विशेष निगरानी थालेको थियो। विशेष गरी जेठ महिनामा मात्रै सिटी केयर अस्पताल, हमाल टोल र पर्शुराम महतोको मिल अगाडिबाट पल्सर मोटरसाइकलहरू चोरी भएका थिए।

 

विशेष सूचनाको आधारमा अपरेसन

प्रहरीले असार १ गते चोरीको एक मोटरसाइकल बिक्रीको प्रयास भइरहेको भन्ने सूचनाका आधारमा अपरेसन चलाउँदै चोरीको मोटरसाइकल खरिद–बिक्री गर्ने व्यक्ति हुँदै सञ्जालका मुख्य योजनाकारसम्म पुग्न सफल भएको हो।

 

पक्राउ पर्नेहरूमा मकवानपुर बागमती गाउँपालिका–५ का २६ वर्षीय पासाङ तितुङ, सर्लाही बागमती नगरपालिकाका २२ वर्षीय सुरेश घिसिङ, २१ वर्षीय पदम थिङ र हरिवन नगरपालिका–१० का दिलबहादुर सिङदोङ रहेका छन्। उनीहरूलाई सर्लाही र रौतहटको फरक–फरक स्थानबाट पक्राउ गरिएको हो।

 

* बर्दिबासलाई बनाए केन्द्र

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश बमका अनुसार सो गिरोहले बर्दिबासलाई आफ्नो ‘अपरेशन बेस’ बनाई लामो समयदेखि चोरी गर्दै आएको थियो। “चोरीको कार्य अत्यन्त योजना बद्ध ढंगले भइरहेको थियो,” डीएसपी बमले भने, “उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान जारी छ।”

 

पक्राउ परेकाहरूबाट अन्य सम्भावित संलग्नता बारे समेत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..