जनकपुरधामको वडा नं. १४ मा क्षयरोग मुक्त अभियान अन्तर्गत समिति गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

1 वर्ष पहिले प्रकाशित

 

भाग्य नारायण यादब,राष्ट्रिय आवाज जनकपुरधाम, असार ४ गते 

क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मा क्षयरोग सम्बन्धी समिति गठन र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। वडा स्तरीय शहरी स्वास्थ्य केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रम वडा अध्यक्ष पुण्य प्रताप यादवको अध्यक्षतामा सम्पन्न भयो।

 

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख विजय साह, वडा स्वास्थ्य केन्द्र प्रमुख विजय नायक तथा क्षयरोग कार्यक्रम संयोजक लक्ष्मी साहले सहजीकरण र जानकारी दिएका थिए।

 

उक्त अवसरमा वडा सदस्यहरू, भूतपूर्व वडा अध्यक्ष, स्पर्श नेपालका प्रतिनिधि मनोज कुमार कर्ण, श्री मा.वि. सोहनी मुजेलियाका प्रधानाध्यापक भोला यादव, भूतपूर्व वडा सदस्यहरू, स्थानीय युवा क्लबका प्रतिनिधि तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता थियो।

 

अभियानअन्तर्गत समुदाय स्तरमा क्षयरोग बारे सचेतना अभिवृद्धि गर्ने, उपचार सुनिश्चितता तथा निगरानी लाई प्रभावकारी बनाउने लक्ष्य लिइएको आयोजकहरूले जनाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..