ऐतिहासिक तिरहुतिया गाछीमा वृक्षारोपण

1 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता,राष्ट्रिय आवाज

जनकपुरधाम, असार ४ गते 

 

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय नगरी जनकपुरधाम स्थित ऐतिहासिक तिरहुतिया गाछीमा वृक्षारोपण गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइमा ६२५ वटा विभिन्न जातका विरुवा रोपिएको हो।

 

रामायणकालीन इतिहास बोकेको यस तिरहितिया गाछीमा गाछीको कमी देखिएको भन्दै पर्यावरण संरक्षण तथा संवर्द्धनका लागि यो अभियान सुरु गरिएको नगरप्रमुख मनोजकुमार साहले जानकारी दिए। उनका अनुसार पिपल, बर, आँप, जामुन र पाखर जस्ता छायादार तथा फलदायक विरुवा रोपिएको छ।

 

“मेला, सभा, धार्मिक कार्यक्रम वा विश्राम गर्न आउने नागरिकलाई छायाँ प्रदान गर्ने उद्देश्यले वृक्षारोपण गरिएको हो,” मेयर साहले राष्ट्रिय आवाज सँग भने, “रामायणकालीन गाथालाई वर्तमान पुस्तासँग जोड्दै, पुरानो गाछीको स्वरूप फर्काउने प्रयास हो।”

 

उक्त क्षेत्रलाई बिहानको मर्निङ वाक, योग तथा खेलकुदको उपयुक्त स्थलका रूपमा विकास गर्ने लक्ष्य रहेको साहको भनाइ छ। उनले आगामी दिनमा जनकपुरधाम भर थप हजार विरुवा रोप्ने योजना रहेको र ‘हरित जनकपुर, सुन्दर जनकपुरधाम’ बनाउने लक्ष्यका साथ अभियान अघि बढाइने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..