११ औं अन्तर्राष्ट्रिय योग दिवस जनकपुरधाममा भव्य रूपमा सम्पन्न

4 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज, जनकपुरधाम, असार ५ गते

 

११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगंज (नेपाल) द्वारा धनुषाको जनकपुरधाम,तिरहुतिया गाछीमा विशेष योग शिविरको आयोजना गरिएको छ। महावाणिज्य दूतावासको पहलमा आयोजित उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

 

प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साह, प्रदेश सांसदहरू, स्थानीय जनप्रतिनिधि, प्रशासनिक अधिकृतहरू, विद्यालयका विद्यार्थी, पञ्चायती योग समितिका प्रतिनिधि, नागरिक समाजका सदस्य लगायत सयौं जनसमुदायको उपस्थिति रहेको थियो।

 

मुख्यमन्त्री सतिश कुमार सिंहले योगले मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यसको अभ्यासलाई जीवनशैलीको हिस्सा बनाउन सबैलाई आग्रह गरे। उनले योग दिवसको सन्देश जनकपुरधाम जस्तो धार्मिक र सांस्कृतिक सहरमा फैलिनु ऐतिहासिक अवसर भएको उल्लेख गरे।

सिंहले भारत-नेपाल सम्बन्धलाई सुदृढ पार्न योगको भूमिकालाई विशेष महत्त्व रहेका बताएका थिए।

 

संयुक्त राष्ट्रसंघ महासभामा सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव पारित भएको स्मरण गराउँदै भारतका महावाणिज्य दूतावासका श्री देवी सहाय मिनाले योगले विश्व स्वास्थ्यमा पुर्‍याएको योगदान बारे प्रकाश पारेका थिए।

 

कार्यक्रम सफल बनाउन पतञ्जली योग समिति सहित विभिन्न संघसंस्थाको सहकार्य रहेको थियो। करिब १००० जना सहभागी रहेको कार्यक्रममा सबैले उत्साहपूर्वक योग आसन र प्राणायाममा भाग लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..

  धिरेश दत्त  कात्तिक ७ गते, शुक्रबार जनकपुरधाम सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक २ गते   सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धिका उद्देश्यले ममत..

  राष्ट्रिय आवाज  जनकपुरधाम ,असोज २९ गते,बुधबार  मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी ..

  राष्ट्रिय आवाज असोज २९, जनकपुरधाम। मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त..