‘सुरक्षित सडक, सुरक्षित मधेश’ नारासहित जनकपुरधाममा यातायात सुरक्षा जनचेतना कार्यक्रम सम्पन्न

6 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, असार ७ गते

‘सुरक्षित सडक, सुरक्षित मधेश प्रदेश’ भन्ने मूल नाराका साथ जनकपुरधाममा यातायात सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। मधेश प्रदेश सरकार अन्तर्गत श्रम तथा यातायात मन्त्रालयको निर्देशनमा, यातायात व्यवस्था कार्यालय जनकपुर धामले ट्राफिक प्रहरी र स्थानीय तहको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो।

 

कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख धनञ्जय कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा श्रम तथा यातायात मन्त्री कौशल किशोर राय सहभागी थिए। विशिष्ट अतिथि मन्त्रालयका सचिव युवराज अधिकारी रहेका थिए।

 

मन्त्री रायले सम्बोधनका क्रममा सडक सुरक्षा हाम्रै जीवन सँग जोडिएको विषय भएको उल्लेख गर्दै भने, “दुर्घटना लाई नियति होइन, सचेत प्रयासले टार्न सकिने अवस्था हो। ट्राफिक नियमको पालना गर्नु हाम्रो दायित्व हो।”

उनले दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायबीच समन्वय बढाउनुपर्ने र स्थानीय तह तथा सर्वसाधारणमा ट्राफिक अनुशासन प्रति चेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।

 

कार्यक्रममा सहभागी वक्ताहरूले जनचेतनामूलक क्रियाकलाप, ट्राफिक अनुशासन, र सुरक्षित यात्राका उपायहरू बारे आफ्ना धारणा व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, मंसिर २७ गते   जनकपुरधाम प्रशोधित पानी उद्योग व्यवसायीक संघको वार्षिक साधारण स..

  राष्ट्रिय आवाज जनकपुरधाम, मंसिर २५ गते   जनकपुरधाममा सम्पन्न मानव अधिकार सम्बन्धी दुई दिने मंसिर २४र २५ गते ..