‘सुरक्षित सडक, सुरक्षित मधेश’ नारासहित जनकपुरधाममा यातायात सुरक्षा जनचेतना कार्यक्रम सम्पन्न

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, असार ७ गते

‘सुरक्षित सडक, सुरक्षित मधेश प्रदेश’ भन्ने मूल नाराका साथ जनकपुरधाममा यातायात सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। मधेश प्रदेश सरकार अन्तर्गत श्रम तथा यातायात मन्त्रालयको निर्देशनमा, यातायात व्यवस्था कार्यालय जनकपुर धामले ट्राफिक प्रहरी र स्थानीय तहको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो।

 

कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख धनञ्जय कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा श्रम तथा यातायात मन्त्री कौशल किशोर राय सहभागी थिए। विशिष्ट अतिथि मन्त्रालयका सचिव युवराज अधिकारी रहेका थिए।

 

मन्त्री रायले सम्बोधनका क्रममा सडक सुरक्षा हाम्रै जीवन सँग जोडिएको विषय भएको उल्लेख गर्दै भने, “दुर्घटना लाई नियति होइन, सचेत प्रयासले टार्न सकिने अवस्था हो। ट्राफिक नियमको पालना गर्नु हाम्रो दायित्व हो।”

उनले दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायबीच समन्वय बढाउनुपर्ने र स्थानीय तह तथा सर्वसाधारणमा ट्राफिक अनुशासन प्रति चेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।

 

कार्यक्रममा सहभागी वक्ताहरूले जनचेतनामूलक क्रियाकलाप, ट्राफिक अनुशासन, र सुरक्षित यात्राका उपायहरू बारे आफ्ना धारणा व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..