योग दिवसको समापन वीरगञ्जमा, मुख्यमन्त्रीको सहभागिता

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

वीरगञ्ज , असार ७ गते 

११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगञ्जले शुक्रबार शंकराचार्य गेटमा योग कार्यक्रम सम्पन्न गरेको छ। नेपाल–भारत सीमा नजिक रहेको शंकराचार्य गेट लाई नेपाल प्रवेश द्वारका रूपमा चिनिन्छ। यही स्थलमा अन्तर्राष्ट्रिय योग दिवस अन्तर्गत दूतावासले सञ्चालन गर्दै आएको योग कार्यक्रमको समापन गरिएको हो।

 

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह थिए। उनले योगलाई स्वास्थ्यका लागि अत्यन्तै आवश्यक अभ्यास बताउँदै सबै नागरिकलाई नियमित योग गर्न आग्रह गरे। "योगले शरीर, मस्तिष्क र आत्माको समुचित सन्तुलन कायम राख्छ," मुख्यमन्त्री सिंहले भने, "मानसिक तनाव र रोगको निवारणका लागि यो उपयोगी अभ्यास हो।"

 

कार्यक्रममा मधेश प्रदेशका समाज कल्याण तथा खेलकुदमन्त्री प्रमोद कुमार जयसवालले पनि सहभागी भएका थिए। उनले योग सबै उमेर, लिङ्ग र पेशाका व्यक्तिहरूका लागि लाभदायक रहेको बताए। "हामीले दैनिक योग गर्न सके शारीरिक र मानसिक सुदृढता कायम राख्न सकिन्छ," उनले भने।

 

महावाणिज्य दूत देवी सहाय मीनाले सन् २०१४ मा संयुक्त राष्ट्रसंघले नेपाल सहित १७७ राष्ट्रको सहप्रस्तावमा अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेको स्मरण गराए। उनले योगले मानव जीवनलाई समग्र रूपमा रूपान्तरण गर्ने अभ्यास भएको बताए। "यस वर्षको योग दिवसको नारामा ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योग’ भनिएको छ," मीनाले भने, "यो नारा विश्व समुदायको साझा समृद्धि र स्वास्थ्यप्रति सचेतनाको संकेत हो।"

 

कार्यक्रममा पूर्वमन्त्री, सरकारी अधिकारी, पतञ्जली योग समितिका सदस्य, नेपाल–भारत मैत्री संघका प्रतिनिधि, पत्रकार तथा स्थानीय नागरिक समाजका अगुवा सहभागी थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..