जनकपुरमा स्थानीय हुलाक प्रतिनिधि सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

3 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, असार ८ गते 

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत हुलाक सेवा विभागको हुलाक निर्देशनालय, धनुषाले जनकपुरधाममा स्थानीय हुलाक प्रतिनिधिहरू सँग अन्तरक्रिया कार्यक्रम आज आईतबार सम्पन्न गरेको छ।

 

जनकपुरधाम स्थित मानव स्रोत विकास तथा प्रविधि परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा हुलाक सेवा प्रवाहमा देखिएका समस्या, प्रविधिको प्रयोग तथा सुधारका उपायबारे विस्तृत छलफल गरिएको थियो।

 

कार्यक्रमको अध्यक्षता हुलाक निर्देशनालय, धनुषाका निर्देशक श्री लाल झाले गरेका थिए भने कार्यक्रममा धनुषा जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल प्रमुख अतिथिको रुपमा सहभागी थिए।रासस धनुषा प्रमुख सुरेश झाको विशेष उपस्थितिमा भएको थियो।

कार्यक्रममा बोल्दै निर्देशक झाले हुलाक सेवाको सुदृढीकरणका लागि स्थानीय तह सँग सहकार्य अत्यावश्यक रहेको बताउँदै प्रतिनिधिहरू बाट आएका सुझावलाई आगामी योजनामा समावेश गरिने स्पष्ट पारे। प्रमुख अतिथि मण्डलले हुलाक सेवा अझ प्रभावकारी बनाउन संरचनागत सुधार र सेवा द्रुत बनाउन डिजिटल प्रविधिको प्रयोगमा जोड दिनुपर्ने धारणा राखे।

 

कार्यक्रममा स्थानिय हुलाक कार्यालयका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले सेवा प्रवाहमा आउने अवरोध, जनशक्ति अभाव, प्रविधिको पहुँच, सामग्री ढुवानी प्रणाली र स्थानीय सरकारसँगको समन्वय बारे अनुभव साझा गरे।

 

अन्तरक्रियाको निष्कर्ष स्वरूप हुलाक सेवालाई स्थानीय तहमा अझ प्रभावकारी बनाउनका लागि प्रविधिमा आधारित सेवा विस्तार र नीतिगत सुधार आवश्यक रहेको सुझाव समेत दिइएको छ ।कार्यक्रम हुलाक निर्देशनालय, धनुषाको आयोजनामा सम्पन्न भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुर धाम,भदौ २१ गते   “शिक्षा बिना जीवन अपूर्ण हुन्छ।” यही विश्वासका साथ श्री हरि मानव क..

 ईन्द्र भुषण यादब/राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १९ गते  नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धन..

  मोनु गुप्ता  जनकपुरधाम, भदौ १८ गते  जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा आगामी दशैँ–तिहार पर्वलाई लक..

  राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १६ गते सोमबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालको प्रथम वार्षि..

  मोनु गुप्ता  जनकपुरधाम भाद्र १४ गते मिथिला चित्रकलाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा यसको ज्ञान र रु..