मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा

4 महीना पहिले प्रकाशित

 

 

धिरेष दत्त,राष्ट्रिय आवाज

जनकपुर धाम,असार ९ गते 

लक्ष्मीनिया गाउँपालिकामा Empowering Single Women of Madhesh Province परियोजनाअन्तर्गत नगरपालिका स्तरको सर्वेक्षण प्रतिवेदन साझा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रा, उपाध्यक्ष फूल कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत राजगीर महतो तथा सम्पूर्ण शाखा प्रमुखहरूको सक्रिय उपस्थिति रहेको थियो ।

उक्त परियोजना Lotus Circle को आर्थिक सहयोग, The Asia Foundation को प्राविधिक सहयोगमा Dalaan Nepal दलान नेपाल द्वारा सञ्चालित छ । कार्यक्रममा दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले परियोजनाको उद्देश्य, लक्ष्य समूह तथा प्रतिवेदनको निष्कर्षहरू प्रस्तुत गर्दै, यसले नीति निर्माण, बजेट व्यवस्थापन तथा सेवा प्रवाहमा के कस्तो सहयोग पु¥याउन सक्दछ भन्ने कुरामा जोड दिए ।

नगरपालिकाका प्रतिनिधिहरू तथा वडा ध्यक्षहरूले एकल महिलाका लागि विशेष बजेट छुट्याउने प्रतिबद्धता जनाए । अध्यक्ष मिश्राले दलान नेपाल नै एक मात्र संस्था हो जुन लक्ष्मीनिया गाउँपालिकाका एकल महिलाहरूको सशक्तिकरणमा सक्रिय रूपमा काम गरिरहेको एकल महिलाको आवाजलाई सशक्त बनाउँदै आएको एक मात्र संस्था हो, हामी यस संस्थासँग सहकार्य गर्न उत्साहित छौँ ।” उल्लेख गर्दै संस्था प्रति खुशी व्यक्त गरे । कार्यक्रममा सहभागी नगर प्रतिनिधिहरूले परियोजनालाई स्वागत गर्दै, एकल महिलाहरूको समावेशी विकासका लागि आगामी आर्थिक वर्षमा छुट्टै बजेट विनियोजन गर्ने प्रतिबद्धता जाहेर गरे । 

कार्यक्रम अत्यन्तै सफल, उद्देश्यपरक र सहभागीमुखी रह्यो । सहभागीहरूले एकल महिलाको अवस्था, आवश्यकता र उनीहरूका लागि आगामी दिनमा गरिनुपर्ने कार्यहरूमा गम्भीरताका साथ छलफल गरे ।

दलान नेपाल विगतदेखि नै मधेश प्रदेशका विभिन्न समुदायहरू, विशेषतः महिला, बालबालिका, युवा तथा सीमान्तकृत वर्गका अधिकार र अवसरहरूमा काम गर्दै आएको संस्था हो । यस संस्थाले विपद् जोखिम न्यूनीकरण (DRR),, जलवायु परिवर्तन, स्वास्थ्य, शिक्षा, क्षमता विकास, कृषि तथा वैकल्पिक जीविकोपार्जन लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रमले एकल महिलाको समावेशी विकास तथा समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको दलान नेपालका कार्यकारी निर्देशक ठाकुर ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक २ गते   सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धिका उद्देश्यले ममत..

  राष्ट्रिय आवाज  जनकपुरधाम ,असोज २९ गते,बुधबार  मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी ..

  राष्ट्रिय आवाज असोज २९, जनकपुरधाम। मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त..

  राष्ट्रिय आवाज,असोज २८ गते  निर्वाचन आयोग, नेपालले जनस्वराज पार्टी (संक्षिप्तमा जस्वपा) लाई आधिकारिक रूपमा द..

   ओ पी साह  जनकपुरधाम , असोज २७ गते , सोमबार    मधेश प्रदेशमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवाको ..