सामुदायिक शिक्षा धराशायी बन्दै, ‘स्थानीय नेतृत्व सक्रिय बनोस्’_ मुख्य मन्त्री

4 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

महोत्तरी , असर १० गते 

 

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली धराशायी बन्दै गएको बताउँदै सुधारको नेतृत्व अब स्थानीय तहले लिनुपर्नेमा जोड दिएका छन्।

 

मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभा लाई सम्बोधन गर्दै सिंहले सामुदायिक विद्यालयहरूमा विद्यार्थीको गिरती संख्या देखि लागूऔषध दुर्व्यसन सम्मको संकट गम्भीर बन्दै गएको उल्लेख गरे।

 

‘मधेशले देशभर शिक्षा, स्वास्थ्य र प्रविधिमा नेतृत्व दिएको इतिहास छ,’ उनले भने, ‘तर आज मधेशकै विद्यालयहरूमा गुणस्तर खस्किँदो छ। अब स्थानीय सरकारहरूको सक्रियता अपरिहार्य भएको छ।’

 

मुख्यमन्त्रीका अनुसार शिक्षक र अभिभावक दुवैको गैरजिम्मेवार व्यवहारले विद्यालय तहमा अध्ययनको गुणस्तरमा गिरावट आएको छ। उनले एक–अर्कामाथि दोष थोपर्ने प्रवृत्तिले शिक्षा क्षेत्रलाई गम्भीर असर पारेको बताए।

 

‘विद्यालयमै लागूऔषधको लहर देखिन थालेको छ,’ सिंहले भने, ‘यो केवल प्रशासनिक होइन, सामाजिक चुनौती हो, जसको सामना सामूहिक रूपमा गर्नुपर्छ।’

 

उनले निजी विद्यालयहरूलाई पनि आलोचनाको निशानामा राखे। उनका अनुसार मधेशका धेरै निजी विद्यालयहरू विद्यार्थीको समग्र विकास भन्दा पनि केवल प्रमाणपत्र वितरणमै सीमित छन्।

 

सिंहले शिक्षा क्षेत्रमा गुणात्मक सुधार ल्याउन स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

 

सभामा नगर प्रमुख प्रदीपकुमार खड्काले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड २७ लाख ७७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..

  धिरेश दत्त  कात्तिक ७ गते, शुक्रबार जनकपुरधाम सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक २ गते   सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धिका उद्देश्यले ममत..

  राष्ट्रिय आवाज  जनकपुरधाम ,असोज २९ गते,बुधबार  मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी ..

  राष्ट्रिय आवाज असोज २९, जनकपुरधाम। मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त..