कथक र मैथिली लोक नृत्यमा बालबालिकाको आकर्षण ६० बालबालिकाको सहभागिता

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, असार १२ गते 

बालबालिकामा कला र संस्कृति प्रतिको रुचि बढाउने उद्देश्यसहित जनकपुरधाम–१२ स्थित ज्ञान गंगा इन्टरनेशनल पब्लिक स्कुलले आयोजना गरेको १० दिने कथक तथा मैथिली लोक नृत्य कार्यशाला बिहीबार सम्पन्न भएको छ।

 

‘प्रयास–२’ शीर्षकमा आयोजना गरिएको कार्यशालामा ज्ञानगंगा इन्टरनेशनल सहित जनकपुरधामका तीन विद्यालयका झण्डै ६० जना बालबालिकाको सहभागिता थियो। समापन समारोहमा सहभागी विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्यहरूले दर्शकको मन जितेका थिए।

 

समारोहमा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी प्रमुख अतिथि थिए। उनले सहभागी सबै बालबालिकालाई प्रशंसा पत्र वितरण गर्दै बालमैत्री अतिरिक्त क्रियाकलापले बालबालिकाको प्रतिभा उजागर गर्न सहयोग पुग्ने बताए। “यसले उनीहरूमा आत्मविश्वास र सिर्जनात्मकता विकास गर्छ,” उनले भने।

 

बालबालिकाले गोसावनी गीत, गुरु वन्दना, झरी, रामजी से पुछे र फुल लोढी जस्ता लोक गीतमा कथक शैलीमा नृत्य प्रस्तुत गरेका थिए। छोटो अवधिको प्रशिक्षण बाटै उनीहरूको प्रस्तुति प्रभावशाली बनेको आयोजक विद्यालयले जनाएको छ।

 

विद्यालयका प्रिन्सिपल प्रा. पवनकुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कथक गुरु ह्देव राय, मधेश प्याब्सनका केन्द्रीय अध्यक्ष अमरेन्द्र कुमार झा, प्रदेश संयोजक मुरारी लाल कर्ण, धनुषा अध्यक्ष सुजित मिश्र, नगर अध्यक्ष प्रभाष मिश्र लगायत शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थिति थियो।

 

विद्यालयले यस्ता गतिविधिलाई निरन्तरता दिने जनाएको छ। “बालबालिकाको कला विकासका लागि आगामी दिनमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिनेछ,” प्रिन्सिपल साहले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..