अन्तरप्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगिता वीरगञ्जमा सुरु

1 वर्ष पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज 

वीरगञ्ज, असार १५गते 

अन्तरप्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०८२ को उद्घाटन समारोह आज आईतबार वीरगञ्जमा सुरु भएको छ। प्रतियोगिता मधेश प्रदेश खेलकूद परिषद्को आयोजनामा सुरु गरिएको खेल तीन दिवसीय हुने छन।

 

समारोहको अध्यक्षता परिषद् सदस्य लभ अधिकारीले गरेका थिए भने प्रदेश खेलकूद परिषद्का सदस्य सचिव शिवजी प्रसाद गुप्ता प्रमुख अतिथि रहेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले प्रदेशस्तरीय प्रतियोगिताले भारोत्तोलन खेलको विकास र प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

 

प्रतियोगितामा विभिन्न प्रदेशका खेलाडीहरूले सहभागिता जनाएका छन्। कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन मधेश खेलकूद परिषद्ले गरेको हो।

 

खेलकूदमार्फत राष्ट्रिय एकता र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..