समाज लाई लागू औषधको संकट बाट जोगाउन सामूहिक पहल आवश्यक — नगर प्रमुख

1 वर्ष पहिले प्रकाशित

 

 

रुकमिनी साह 

जनकपुरधाम, असार १५ — लागू औषधको दुरुपयोग र त्यसबाट समाजमा पर्न सक्ने गम्भीर असरबारे चेतना फैलाउने उद्देश्यले जनकपुरधाममा दुई दिने तालिम सम्पन्न भएको छ। तालिम नेपाल जनहित कल्याण केन्द्र, जलेश्वर–३, महोत्तरीको आयोजनामा तथा जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो।

 

तालिमको अध्यक्षता चन्दन अधिकारीले गरेका थिए भने प्रमुख अतिथि नगर प्रमुख मेयर मनोज कुमार साह रहेका थिए। कार्यक्रममा सहभागी समाजसेवी, शिक्षक, स्वास्थ्यकर्मी, युवा प्रतिनिधि लगायतलाई लागू औषधसम्बन्धी जानकारी दिइएको थियो।

 

नगर प्रमुख साहले लागू औषधको समस्या युवावर्गमा तीव्र रूपमा फैलिँदै गएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सामाजिक सचेतना, परिवारको भूमिका र स्थानीय सरकारको समन्वित प्रयास अत्यन्तै जरुरी रहेको बताए।

"लागू औषधको लत हाम्रो समाजमा गम्भीर चुनौतीको रूपमा देखिएको छ," उनले भने, "यस संकटबाट समाजलाई जोगाउन सामूहिक पहल आवश्यक छ।"

 

तालिममा सहभागी प्रशिक्षकहरूले लागू औषधका विभिन्न प्रकार, यसको मानसिक–शारीरिक असर, पुनःस्थापनाको प्रक्रिया, कानुनी पक्ष, र समुदायको भूमिका सम्बन्धमा सशक्त प्रस्तुति दिएका थिए। सहभागीहरू बीच अनुभव आदानप्रदान तथा समूह छलफल समेत गरिएको थियो।

 

कार्यक्रमले समुदायस्तरमा लागू औषध बारे चेतना फैलाउने र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सहभागिता लाई उत्प्रेरित गरेको आयोजकले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..