समाज लाई लागू औषधको संकट बाट जोगाउन सामूहिक पहल आवश्यक — नगर प्रमुख

6 महीना पहिले प्रकाशित

 

 

रुकमिनी साह 

जनकपुरधाम, असार १५ — लागू औषधको दुरुपयोग र त्यसबाट समाजमा पर्न सक्ने गम्भीर असरबारे चेतना फैलाउने उद्देश्यले जनकपुरधाममा दुई दिने तालिम सम्पन्न भएको छ। तालिम नेपाल जनहित कल्याण केन्द्र, जलेश्वर–३, महोत्तरीको आयोजनामा तथा जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो।

 

तालिमको अध्यक्षता चन्दन अधिकारीले गरेका थिए भने प्रमुख अतिथि नगर प्रमुख मेयर मनोज कुमार साह रहेका थिए। कार्यक्रममा सहभागी समाजसेवी, शिक्षक, स्वास्थ्यकर्मी, युवा प्रतिनिधि लगायतलाई लागू औषधसम्बन्धी जानकारी दिइएको थियो।

 

नगर प्रमुख साहले लागू औषधको समस्या युवावर्गमा तीव्र रूपमा फैलिँदै गएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सामाजिक सचेतना, परिवारको भूमिका र स्थानीय सरकारको समन्वित प्रयास अत्यन्तै जरुरी रहेको बताए।

"लागू औषधको लत हाम्रो समाजमा गम्भीर चुनौतीको रूपमा देखिएको छ," उनले भने, "यस संकटबाट समाजलाई जोगाउन सामूहिक पहल आवश्यक छ।"

 

तालिममा सहभागी प्रशिक्षकहरूले लागू औषधका विभिन्न प्रकार, यसको मानसिक–शारीरिक असर, पुनःस्थापनाको प्रक्रिया, कानुनी पक्ष, र समुदायको भूमिका सम्बन्धमा सशक्त प्रस्तुति दिएका थिए। सहभागीहरू बीच अनुभव आदानप्रदान तथा समूह छलफल समेत गरिएको थियो।

 

कार्यक्रमले समुदायस्तरमा लागू औषध बारे चेतना फैलाउने र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सहभागिता लाई उत्प्रेरित गरेको आयोजकले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..