नेकपा एकीकृत समाजवादी धनुषामा नयाँ नेतृत्व चयन, अध्यक्षमा राज कुमार

6 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुर धाम, असार १८ गते 

 

नेकपा (एकीकृत समाजवादी) पार्टीको धनुषा जिल्ला कमिटीको सातौँ जिल्ला अधिवेशन बाट राजकुमार यादव सर्वसम्मत अध्यक्ष चयन भएका छन्।

 

जिल्ला अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शोभित महतो र सुर्य पुडासैनी लाई चयन गरेको छ भने सचिवमा रामनारायण साह चयन भएका छन्।

त्यसै गरी उप–सचिवमा बबी कुमारी महतो र सुशील कुमार मण्डल चयन भएका छन्। ७५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरिएको हो।

अधिवेशनमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता राम चन्द्र झा सहित शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संगठन सुदृढीकरण, आगामी निर्वाचन तयारी र जनतामाझ विश्वास बढाउने विषयमा व्यापक छलफल भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..