जनकपुरधाम आलु प्याज व्यवसायिक संघको साधारण सभा सम्पन्न, नयाँ नेतृत्वमा सुरज साह चयन

1 वर्ष पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, असार २० गते

जनकपुर आलु प्याज व्यवसायिक संघको साधारण सभा अध्यक्ष मो. अलाउदीन राईनको अध्यक्षता तथा कार्यक्रमका प्रमुख अतिथि जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी रहेका थिए।

 

प्रमुख अतिथि भण्डारीले संस्थामा नयाँ नेतृत्व चयन भएपछि विश्वास र भरोसा कायम राख्दै आपसी समन्वयमा संघलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले आवश्यकता परेको खण्डमा आफू सधैं साथमा रहने वाचा पनि गरे।

 

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज साह,महा सचिव कुलदीप पण्डित, पूर्व अध्यक्ष जितेन्द्र महासेठ, कोषाध्यक्ष प्रमेश्वर साह लगायत संघका सम्पूर्ण पदाधिकारीको उपस्थिति रहेको थियो।

वरिष्ठ उपाध्यक्ष मनोज साहले संघको नाम परिवर्तन गरी ‘जनकपुर आलु प्याज व्यवसायिक संघ’लाई ‘जनकपुरधाम आलु प्याज व्यवसायिक संघ’ बनाउने सल्लाह दिएका छन्।

 

 जनकपुर उद्योग वाणिज्य संघका नि.अध्यक्ष जितेन्द्र महासेठले कोभिड-१९ महामारीको समयमा पनि संघले उचित मूल्यमा सेवाप्रदान गर्दै सामाजिक उत्तरदायित्व निभाएको स्मरण गरे।

 

संघमा हाल १४ जना सदस्य रहेका छन्। खुला सत्र पछि बन्द सत्रमा निर्वाचन प्रक्रिया सुरु गरिएको थियो।

निर्वाचन अधिकृत विनोद कुमार साहको नेतृत्वमा भएको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा भएको थियो भने बाँकी पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्।

*  निर्वाचन परिणाम

अध्यक्ष: सुरज साह (ध्रुव साहलाई पराजित गर्दै विजयी)

उपाध्यक्ष: अजय साह (धर्मेन्द्र साहलाई पराजित गर्दै विजयी)

सचिव: मनोज साह (निर्विरोध)

सह–सचिव: संजय साह (निर्विरोध)

कोषाध्यक्ष: सिकेन्द्र साह (निर्विरोध)

कार्यक्रमले जनकपुरधामको आलु प्याज व्यवसायिक संघले व्यवसायलाई थप व्यवस्थित बनाउने दिशामा नयाँ नेतृत्वलाई जिम्मेवारी प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..