चुरे संरक्षण अभियन्ता यादव लाई 'प्रकाश मानव अधिकार पुरस्कार'

12 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

काठमाडौं, साउन १७ गते 

 

चुरे संरक्षण र वातावरणीय अभियानमा सक्रिय बाराका सुनिलकुमार यादवलाई ‘प्रकाश मानव अधिकार पुरस्कार–२०८१’ प्रदान गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको ३३ औँ स्मृति दिवसको अवसरमा यो पुरस्कार प्रदान गरिएको हो।

 

साउन १६ गते ललितपुरमा आयोजित समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा ‘मानव अधिकार शताब्दी पुरुष’ डा. गौरीशंकरलाल दासले यादवलाई सम्मानपत्र, ताम्रपत्र, ५० हजार रुपैयाँ राशिसहित इन्सेकको प्रतीक चिह्न प्रदान गरे।

 

समारोहमा डा. दासले तराई क्षेत्रमा भइरहेको अन्धाधुन्ध प्राकृतिक स्रोत दोहनले वातावरणीय संकट निम्त्याएको भन्दै सरकारले तराईलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नु परेको बताए। उनले वैदेशिक रोजगारीमा रहेका करिब ५० लाख नेपालीको मताधिकार सुनिश्चित गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगमार्फत पहल गर्न सुझाव दिए।

 

पुरस्कार प्राप्त गर्दै यादवले चुरे संरक्षण अभियानको सुरुवात २०७४ सालमा गरेको स्मरण गर्दै भने, “जलवायु परिवर्तन र पानीको संकटका कारण प्राकृतिक स्रोतको संरक्षण अपरिहार्य ठानेर यो अभियान थालेको हुँ।” उनले यो अभियान सफल बनाउन परिवार, समुदाय र हजारौं अभियन्ताको योगदानलाई स्मरण गर्दै इन्सेकप्रति आभार व्यक्त गरे।

 

पुरस्कारस्वरूप प्राप्त ५० हजार रुपैयाँ समाजका विभिन्न स्थानमा विरुवा वितरण तथा रोपणमा खर्च गर्ने घोषणा गर्दै यादवले कार्यक्रममा नै ५१ सय ५० रुपैयाँ बराबरका १५० वटा कागतीका बिरुवा वितरण गरी अभियानको नयाँ चरणको सुरुवात गरे।

 

कार्यक्रममा यादवले अभियानमा साथ दिने अभियन्ता सरोज राय, डा. जाहिद अन्सारी, राजेश भण्डारी, अमन यादव, चन्द्रकिशोर यादव, नन्दकिशोर राम, शुभाष यादव, सुनिल भान्जा, नजमा खातुन, मदिना खातुन, अशा यादव, फुलो देवी, रामनारायण राम, शेनिया सदा, शगिता सदा, निरा तिमलसिना, लक्ष्मी बस्नेत, कबिता गुरुङ, चन्द्र दाई, सानु माया, राधिका जी, प्रमोद साह, दीपक करण, संजय यादव, अजय सिलवाली, जितलाल श्रेष्ठ, अशान्नद यादव, पुरन गुप्ता, कुलदीप जी, कैलाश दास, शलेन्द्र क्रान्ति, राजकरण महतो, फुलगेन मगही, विजय साह, प्रभु यादव, अनिल वर्मा, रमेश साह, बिमला गुप्ता, सुरज गुप्ता, ओमप्रकाश साह (ओ पी साह), इन्द्र भुषण यादव, नितेश यादवलगायत हजारौं अभियन्ता तथा पत्रकारप्रति विशेष धन्यवाद ज्ञापन गरे।

 

कार्यक्रमको अन्त्यमा यादवले भने, “यो पुरस्कार मेरो मात्रै होइन, सम्पूर्ण अभियन्ता र अभियानको सम्मान हो। यो राशिबाट हरियाली अभियानलाई निरन्तरता दिने छु।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..