संघीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान काठमाडौंबाट सुरु

1 वर्ष पहिले प्रकाशित

 

प्रियंका शर्मा 

काठमाडौं, साउन १९ गते — संघीय लोकतान्त्रिक मोर्चाले हालको राजनीतिक अवस्था र पछाडि पारिएका समुदायका मुद्दामा देशभर जनचेतना फैलाउने उद्देश्यले एक महिने जनजागरण अभियानको सुरुवात गरेको छ। अभियानको शुभारम्भ  काठमाडौंमा विशेष कार्यक्रम गरिएको हो।

 

अभियान उद्घाटनमा मोर्चासँग आबद्ध शीर्ष नेताहरूले मधेशी, जनजाति तथा अन्य पिछडिएको समुदायलाई राज्यले निरन्तर उपेक्षा गर्दै आएको बताएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधानमा संशोधन सजिलो नभएको स्पष्ट पार्दै, संविधान निर्माणकर्ता बाटै संविधानप्रति खतरा उत्पन्न भइरहेको बताए।

 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद अन्त्य नभए विद्रोहको अवस्था आउने चेतावनी दिए। सुकुम्बासीका नाममा सरकारबाट धाँधली हुँदै आएको भन्दै उनले सरकारले आफ्ना मानिसलाई जग्गा बाँड्न कानून बनाउने प्रयास गरिरहेको आरोप लगाए।

 

राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महत्तोले सबै समुदायको सहभागिता र स्वीकारोक्ति बिना नेपाल सशक्त राष्ट्र बन्न नसक्ने बताए। उनले संविधान सबैलाई समेट्ने गरी संशोधन गर्नुपर्नेमा जोड दिए।

 

अभियान अन्तर्गत मोर्चाले भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज र जनकपुरमा जनजागरण कार्यक्रम सञ्चालन गर्दै भाद्र २२ गते वीरगञ्जमा अभियानको समापन गर्ने जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..